विराटनगरमा भत्कन थाल्यो फुटपाथ, समयमै किन हुँदैन मर्मत ?

<span class='c1'>विराटनगरमा भत्कन थाल्यो फुटपाथ, समयमै</span> <span class='c2'>किन हुँदैन मर्मत ?</span>

इन्दु साह
विराटनगर । विराटनगरका भित्रि सडकहरु केहिवर्ष पहिले मात्र पीच भएका छन् ।

सडक छेउमा पैदलयात्रु हिड्ने फुटपाथ ब्लक लगाएर निर्माण गरिएका थिए । तर, अहिले फूटपाथ भासिन र भत्कन थालेको छ । सडकमा गुडाउनु पर्ने सवारी पार्किङ गर्दा फुटपाथमा जर्बरजस्ती चढाउने कार्य हुँदा यसले बढी क्षति पु¥याउँदै आएको हो । तर, यसरी सवारी चालकले गरेको लापर्वाही प्रवृत्तिलाई समयमै रोक्न नसक्दा पनि फुटपाथ भत्केर कुरुप देखिन थालेको छ ।

महानगरभित्र सडक पेटीमा हिड्नुपर्छ भन्ने चेताना समेत हराउन थालेको छ । यदि कसैले त्यसको पालना गरिहालेपनि जथाभावी भत्केका कारण जोखिम हुने भएपछि सडकमै हिड्ने गरिन्छ । बजार क्षेत्रका सडकहरु दिनभरीनै सवारीचापले व्यस्त हुने गरेको छ । फूटपाथ नागरिकका लागि सुरक्षित क्षेत्र मानिन्छ । हिड्न सडकमा जोखिम हुने भएकोले यसलाई सुरक्षित बनाउन पनि ब्लक लगाइएको थियो । तर, अहिले छलेन सडकदेखि महानगरका भित्रिसडकासम्मको सडकपेटिको संरचना भत्कन र विग्रन थालेको छ । यति छोटो समयमै सडकपेटिमा ओछ्याईएको ईन्टरलक ब्लक उप्किएपनि त्यसको मर्मतमा समयमै चासो नहुँदा थप भत्कने संभावना देखिन्छ । केहि स्थानमा ओछ्याईएको ब्लक माटो भासिएर खाडलमा परेका छन् ।

यता महानगरपालिकाका शहरी विकास तथा योजना महाशाखाका प्रमुख अजुर्न थापाका अनुसार आर्थिक वर्षमा सडक मर्मतका साथै सडक पेटि समेत मर्मत गरीने योजना छ । उनले भने सडक पेटीहरु अस्तव्यत भएको देखिरहेका छौं । छलेन सडकका सडकपेटीको मर्मत भने महानगरपालिकाको अन्तगत नपर्ने भएकोले नगरीने छ । महानगरको क्षेत्राधिकार भित्रका सडकहरु, सडकपेटी मर्मत गर्ने योजना राखिएको छ ।

कुनै स्थानमा सडकपेटीमा फोहोरको थुप्रो समेत हुने गरेका छन् । साथै महानगरपालिकाले भने सडकपेटीमा पलाएका झारपात उखेल्ने र भएका फोहोरहरु सफाई गर्ने गरेको पाईदैन । सडकपेटी अलिअलि मर्मत गर्नुपर्ने समयमा नगर्ने भएको हुँदा लामोसमयसम्म अस्तव्यस्त हुने गरेको छ । सडकपेटी पैदलयात्रुको लागि मात्र नभएर यसले सडक संरचना समेत कुरुप देखिने गरेको छ । साथै पैदलयात्रुले सडकको प्रयोग गर्दा विभिन्न समयमा दुर्घटनामा उनीहरुले ज्यान समेत गुमाएका छन्। त्यसैले पनि सुन्दर सहर , सुरक्षित पैदल यात्रा र सवारीलाई सहज यात्राकोलाागि यस्तो संरचना समयमै मर्मत गर्नुपर्नु आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्