एआइ सम्बन्धी नीति ल्याउने तयारीमा सरकार

<span class='c1'>एआइ सम्बन्धी नीति</span> <span class='c2'>ल्याउने तयारीमा सरकार</span>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रलाई व्यवस्थित गर्न एआइको पोलिसी एक महिनाभित्र आउने बताएका छन् ।

शुक्रबार सगरमाथा इन्जिनियरिङ कलेजले आयोजना गरेको इन्जिनियरिङ एक्सपो २०२४ मा बोल्दै मन्त्री गुरुङले सरकार आइटी क्षेत्रको विकासका लागि गर्नुपर्ने सबै काम गर्न तयार रहेको बताएका हुन् ।

उनले भने, ‘आइटीको क्षेत्रमा एआइको पोलिसी एक महिनाभित्र आउँछ । तर यसको लागि लिगल के के चाहिन्छ ? कानूनी रुपमा के के गर्नुपर्छ ? मिलाउनुपर्ने कुरा के के छन् त्यो मिलाउँदै जानुपर्ने अवस्था छ । आइटीको क्षेत्रको विकासको लागि के के गर्नुपर्ने हो र सरकारको भूमिका के हो भन्नेतर्फ काम भइरहेको छ । एआएलाई कसरी प्रयोग गर्ने भन्ने सबै बारेमा जानकारी लिएर सरकार गर्नको लागि तयार छ ।’

उनले आफ्नो मन्त्रालय आइटी क्षेत्रसँग बढी केन्द्रित रहेको बताए । उनले अहिलेसम्म पनि आइटीको पोलिसीमा कुनै पनि रिफाइमेन्ट नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्