गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-नवराज पोख्रेल 'नवशिला'
खुसी हेर लुट्दै बने शत्रु मेरा
सधैँ भर बनेछन् नयनका कचेरा

म उम्रन्छु भन्दा निमोठे मलाई
थुनि पिञ्जडामा बनाएर घेरा

म निर्दोष थे किन्तु दोषी बनाएँ
हटाए निकै दोष लगाएर डेरा

गरे हल्लिखल्ली बनाएँ बिचल्ली
लगे अन्न पानी बने सव लुटेरा

जोडी दुई हात गरेँ बिन्ती मैले,
दिएनन् त्यो मौका पनि एकफेरा।

थुने गौँडा गल्ली रोके राजमार्ग,
निषेधनै गराए लगाएर बेरा।

बेलबारी -२, नवदेव मार्ग, लालभित्ती, मोरङ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्