-किस्मत खतिवडा 'विजय'
मुक्तक १
बरु खाउँला आटो पिठो गुजारा गरौंला
जस्तो होस् मिठो नमिठो गुजारा गरौंला
जीवन भर साथ नछोड्नु यति भए पुग्छ
खनी खोस्री भ्याकुर, गिट्ठो गुजारा गरौंला
मुक्तक २
के कुरामा सोच्यौ कम, केहि लाग्दैन
चाले पनि गलत कदम, केहि लाग्दैन
बहुत माथि सम्म पहुँच भएको मान्छे हुँ
मलाई कानुन, नितिनियम केहि लाग्दैन
मुक्तक ३
अझै पनि ताजै छ सम्झना, कसले सुनिदिने
कयौँ तुहेर गएका सपना, कसले सुनिदिने
झट्ट हेर्दा हँसिलो मुहार देखिए पनि
यो मन भित्र गडेको वेदना, कसले सुनिदिने
मुक्तक ४
गोरे परोस् अथवा काले फरक पर्दैन
जिन्दगि बिताइन्छ मज्जाले फरक पर्दैन
तिम्रो, मेरो मन मिलिसकेपछि प्रिय
जे सोचोस् यो दुनियाले फरक पर्दैन
विराटनगर