गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-भूपाल अधिकारी
दिन्छ मायाले झमेला भन्नु हुन्न
प्रेमलाई भुलभुलैया भन्नु हुन्न

मन नपर्दैमा सडेका भन्नु हुन्न
मन परेका मात्र आफ्ना भन्नु हुन्न

प्यार गर्नेले भुलौँ उचनिच हमेसा
जातले गर्ला कि बाधा भन्नु हुन्न

एकदिन परिणाम होला सोच जस्तै
जिन्दगीको के भरोसा भन्नु हुन्न

जेल हाल्लान् क्रान्तिकारी हो यो भन्दै
गर्छु सोझाले धमाका भन्नु हुन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्