कांग्रेस पार्टीलाई केन्द्रबिन्दुमा राखेर हामीले काम गर्नुपर्छ : मन्त्री सिंह

<span class='c1'>कांग्रेस पार्टीलाई केन्द्रबिन्दुमा राखेर हामीले</span> <span class='c2'>काम गर्नुपर्छ : मन्त्री सिंह</span>

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्ने बताएका छन् ।

आइतबार नेपाली कांग्रेसको १०० दिने अभियान अन्र्तगत अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मनदेखी नै पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘काम गरे भनेर मात्र हुँदैन । हामीले पार्टीलाई भित्रैबाट सेन्ट्रल लेबलमा राख्नुपर्छ । मनदेखी नै पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्न सक्नुपर्यो । अहिले नेपाली कांग्रेस पार्टीमा चाँही अलिकति कमिकमजोरी के भैइरहेको छ भन्दा खेरी नेपाली कांग्रेस त कांग्रेस नै हो । तर यो पार्टी पनि ए, बि, सि र डि को नाममा अगाडि बढिरहेको छ ।’ साथै उनले ए र बि को लेबलमा नराखेर केन्द्रबिन्दुमै कांग्रेस पार्टीलाई लग्नुपर्ने बताए । उनले कांग्रेस पार्टीभित्रै इमानदार भएर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘ए र बि को लेबलमा पार्टीलाई राख्नु हुँदैन । हामीले कांग्रेसलाई अगाडि बढाउन किन नसोच्ने ? यो लिडरस्हरु आउँछन् , जान्छन् यो बेग्लै कुरा हो । तर कुरा के हो भन्दा खेरी कांग्रेसलाई केन्द्रबिन्दुमा राखेर कांग्रेसलाई हित हुने काम चाँही अब हामीले गर्नुपर्छ । ’यसैगरी उनले निर्वाचन क्षेत्रको मतदाताहरुको मन दुखायो भने गाहे हुन्छ भन्ने कुरा सबै जनप्रतिनिधिहरुमा महशुस हुन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्