प्लाष्टिकजन्य फोहोर नजलाउन वातावरण मन्त्रालयको आग्रह

<span class='c1'>प्लाष्टिकजन्य फोहोर नजलाउन</span> <span class='c2'>वातावरण मन्त्रालयको आग्रह</span>

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयले प्लाष्टिकजन्य फोहोर तथा कृषिजन्य अवशेषहरू नजलाउन आग्रह गरेको छ ।

विभागले आज एक सूचना निकालेर सवारी साधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्साहरूमा स्वच्छ ऊर्जाको प्रयोग गर्न र सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ धुलोको यथोचित नियन्त्रण गर्न आग्रह गरेको हो । विगत केही सातादेखि मुलुकको तराई क्षेत्रलगायत काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको सन्दर्भमा विभागले उक्त सूचना जारी गरेको हो ।

वायु प्रदूषणका मुख्य कारक उद्योग, कलकारखाना र सवारी साधन, वन डढेलो हो । त्यसैगरी, खुला रूपमा फोहोर तथा कृषिजन्य अवशेष जलाउँदा, सडक तथा निर्माण कार्यहरूबाट उड्ने धुलोले पनि वायुलाई प्रदूषित गर्दछ ।

वायु प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने र विशेषगरी बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वास र मुटुका बिरामी, गर्भवतीहरुलाई बढी प्रभाव पार्ने भएकाले विशेष सावधानी अपनाउन विभागले अनुरोध गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्