टंकीसिनवारी जेसीजका राघव कोईरालाद्वारा जेसीज राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा

<span class='c1'>टंकीसिनवारी जेसीजका राघव कोईरालाद्वारा जेसीज</span> <span class='c2'>राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा</span>

विराटनगर । नेपाल जेसीजको आगामी पुष ६, ७ र ८ गते इटहरीमा हुन लागेको ५१ औं राष्ट्रिय महाधिवेशनमा टंकीसिनवारी जेसीजका जेसी राघव कोईरालाले राष्ट्रिय उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

वर्षभरि प्रतिक्षित यस महाधिवेशनमा नेपालभरका १७८ च्याप्टरहरूबाट प्रतिनिधिहरूको सहभागिता रहने छ। महाधिवेशनले जेसीज अभियानमा नेतृत्व विकास, आपसी सहकार्य र समन्वयलाई थप सशक्त बनाउने विश्वास गरिएको छ।

नेतृत्व र उद्यमशीलताको क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कोईरालाले सन् २०२२ मा नेपाली युवा उद्यमी मञ्च (NYEF) विराटनगर च्याप्टरको अध्यक्षको रूपमा सफल कार्यकाल पूरा गरेका थिए। उनको समाजसेवी र नेतृत्वदायी भूमिकाले जेसीज समुदायमा विशेष स्थान बनाएको छ।

सन् २००३ मा स्थापना भएको टंकिसिनवारी जेसीजको इतिहासमा राष्ट्रिय स्तरमा उम्मेदवारी दिने चौथो सदस्यको रूपमा कोईरालाको नाम दर्ता भएको छ।

"जेसीज आन्दोलन मार्फत समाजको विकासमा योगदान पुर्‍याउन मेरो उम्मेदवारी रहनेछ," कोईरालाले भने, "हामीले हासिल गरेको नेतृत्व क्षमता र अनुभवलाई राष्ट्रिय स्तरमा योगदान गर्ने अवसरको रूपमा लिएको छु।"

महाधिवेशनमा नेतृत्व विकास कार्यशाला, प्रेरणादायी छलफल, विभिन्न तालिमहरू र योगदानको सम्मान गर्ने कार्यक्रमहरू समावेश गरिएको छ। कोईरालाको उम्मेदवारीलाई टंकीसिनवारी जेसीजका वर्तमान अध्यक्ष जोन्सन माझी स्वागत गर्दै भने, "राघवको नेतृत्व क्षमता र समर्पणले निश्चय नै राष्ट्रिय जेसीज आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनेछ।" उनको उम्मेदवारीले पूर्वाञ्चल क्षेत्रका जेसीज सदस्यहरूमा उत्साह थपेको छ।

महाधिवेशनमा नयाँ नेतृत्व चयनका साथै जेसीज आन्दोलनको भावी रणनीति र कार्ययोजना तय गरिने आयोजक समितिले जनाएको छ। कोईरालाको उम्मेदवारीले जेसीज आन्दोलनमा नयाँ जोश र उत्साह थप्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्