राप्रपाको राष्ट्रिय अध्यक्षको कार्यभार प्रकाशचन्द्र लोहनीलाई

<span class='c1'>राप्रपाको राष्ट्रिय अध्यक्षको</span> <span class='c2'>कार्यभार प्रकाशचन्द्र लोहनीलाई</span>

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले सरकारले निर्वाचन तर्फ देशलाई अघि नबढाए मुलुक ठूलो दुर्घटनाको शिकार हुने बताए । उनले लामो समयदेखि नभएको स्थानीय निकायको निर्वाचन गराउँदै समयसीमा भित्रै अन्य तहको निर्वाचन गराउन अपरिहार्य भएको बताए ।

पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पद हस्तान्तरण कार्यक्रममा निवर्तमान राष्ट्रिय अध्यक्ष राणाले तीन ठूला राजनीतिक दललका अडानका कारण मुलुक निर्वाचन तर्फ अघि नबढेको आरोप लगाए । उनले तीन शीर्ष दलले निर्वाचन तर्फ जाने मार्ग प्रशस्त नगरे मुलुक दुर्घटनाको शिकार हुने बताए ।

त्यसैगरि बुधबार देखि राष्ट्रिय अध्यक्षको पदभार सम्हाल्दै डा. प्रकाश चन्द्र लोहनीले तीन शीर्ष दलहरुमा दुरदृष्टि नभएका कारणले मुलुकले विभिन्न संकटहरुको सामना गर्नुपरेको बताए । उनले तीन शीर्ष दलको फरक फरक अभिव्यक्तिका कारण मुलुक निर्वाचन तर्फ पनि नबढ्दा समस्या थपिएको बताए ।
कार्यक्रममा राष्ट्रिय अध्यक्ष लोहनीले मुलुकमा आउने समस्याको समाधान गर्न दत्तचीत्त भएर लाग्न सबै कार्यकर्ताहरुलाई आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्