गजल

<span class='c1'>गजल</span> <span class='c2'></span>

-भूपाल अधिकारी
राखेर जिन्दगानी नौलो करारमा
मैले फगत गुमाएँ सबथोक प्यारमा

तेजाबले पोलेझैँ पोल्दै छ प्रेमले
छटपट भयो मलाई दिलको बिमारमा

कर्मठ कठोर योद्धा श्रमिक हुँ देशको
बग्छन् सदैव मेरा पसिना निधारमा

धाएर धाम जहिल्यै पायौँ तिमीले के?
भेटिन्छ हेर ईश्वर मनको पुकारमा

ठानेर भ्यागुताले सागर विशाल हो
मार्दै छ एक फन्को गहिरो इनारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्