साना मझौला व्यवसायलाई सहयोग गर्न बिडिएस सम्झौता

<span class='c1'>साना मझौला व्यवसायलाई सहयोग</span> <span class='c2'>गर्न बिडिएस सम्झौता</span>

विराटनगर । साना, मझौला तथा अन्य एक हजार व्यवसाय प्रर्वद्धनमा सहयोग पुयाउने उद्देश्यले ‘व्यवसाय विकास सेवा’ (बिडिएस) सँग सम्बन्धि दुईवटा सम्झौता गरिएको छ । नेपाल उद्योगवाणिज्य महासंघ कोशी प्रदेशले दुईवटा संस्थासँगको सहयोगमा साना, मझौला र अन्य सबै खाले व्यवसाय प्रवद्र्धनका लागि (बिडिएस)–सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो ।

महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले व्यवसाय प्रवद्र्धनका लागि सहजीकरण गर्ने हिसाबले आध्यान्त फन्ड र उपाय विजनेशसँग बिडिएस सम्झौता गरिएको जानकारी दिनुभयो । अध्यक्ष राउत तथा अध्यान्तका कार्यक्रम तथा साझेदारी प्रमुख निश्चलसिंह भण्डारी, उपाय बिजनसेका प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठ र डाइनोटेकका अध्यक्ष प्रदीप सिग्देलले सम्झौतामा शुक्रबार हस्ताक्षर गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष राउतले कोशी प्रदेशमा १२ हजार २२५ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेको र तिनमा ७३ हजार ९१८ जनाले रोजगारी पाएको बताउँदै थप व्यवसाय प्रवद्र्धन तथा रोजगार सिर्जनाका लागि साझेदारीका कार्यक्रम बढाउन लागिएको बताउनुभयो । औपचारिक रूपमा सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठानको तथ्यांकमा आउने भएपनि अनौपचारिक रूपमा रहेका उद्योगको विषय बाहिर नआउने उहाँले बताउनुभयो ।

अनौपचारिक रूपमा सञ्चालित व्यवसाय र उद्योग प्रतिष्ठानलाई औपचारिक रूपमा सञ्चालनमा ल्याउन चुनौती भइरहेका बेला व्यवसाय विकास सेवाले महत्वपूर्ण सहयोग पुर्याउने विश्वास राउतको थियो ।
आध्यान्त फण्डका प्रमुख भण्डारीले महासंघ कोशीसँग दुई वर्षदेखि सहकार्य गरिरहेको र अबका दिनमा बिडिएस मार्फत् सेवा केन्द्र स्थापना गरेर काम अघि बढाउने जानकारी दिनुभयो । व्यवसाय सञ्चालन, ऋण लिनेदेखि अन्य प्रक्रियामा उद्योग तथा व्यवसायलाई सहयोग पुर्याउन यो कार्यक्रम महत्वपूर्ण रहेको दावी थियो ।

उदय परियोजनाका विष्णु काफ्लेले उद्योगीले ब्यहोर्नु परेका समस्या समाधान गर्न बिडिएस सुरु हुन लागेको र यसबाट धेरैभन्दा धेरै उद्योगी–व्यवसायीले लाभ लिनसक्ने धारणा राख्नु भएको छ । सहज परियोजनाका टिम लिडर रिमा श्रेष्ठले नेपालको विकास गर्न साना तथा मझौला उद्योगको संरक्षण र विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
महासंघ कोशीका कार्यकारी निर्देशक राधारमण भण्डारी (साम)ले हस्ताक्षर गरिएका सम्झौतापत्र एकअर्को संस्थाबिच आदानप्रदान गरिएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्