काठमाडौंमा मधेशी युवाहरुमाथि कुटपिट घटनाप्रति जनकपुरधामका युवाहरु आन्दोलित

<span class='c1'>काठमाडौंमा मधेशी युवाहरुमाथि कुटपिट</span> <span class='c2'>घटनाप्रति जनकपुरधामका युवाहरु आन्दोलित</span>

जनकपुर । जनकपुरधामका मधेशी युवाहरु आन्दोलित भएका छन् । शनिबार सम्पन्न एनपीएल खेल पश्चात काठमाडौंमा मधेशी समुदायका युवाहरुमाथि कुटपिट भएको घटनाप्रति विरोध जनाउँदै जनकपुरधामका मधेशी युवाहरुले जुलुस र नाराबाजी गरेका छन् ।

उनीहरुले प्रमुख जिल्लाअधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्रसमेत बुझाएका छन् ।

ज्ञापन पत्रमा विभिन्न पहाडी युवा समूहद्वारा काठमाडौंको त्रिवि गेट र परिसर वरपर मधेशी समुदायका युवा युवतीहरुमाथि हातपात, कुटपिट, गालिगलौच जस्ता घटनाप्रति सरकारले नेपालको संविधान र कानुन अनुसार यस्ता सम्प्रदायिक कार्यमा संलग्न व्यक्ति र समूहलाई कानुनी कारबाहीको माग गरिएको छ ।

साथै यस विषयमा कहिँकतै कसैको ध्यानाकर्षण भएन भने मधेशी युवा संघर्षको बाटो अपनाउन बाध्य हुने चेतावनीसमेत ज्ञापनपत्रमार्फत दिइएको छ ।
शनिबार सम्पन्न एनपीएलको खेलमा जनकपुर बोल्टसले जिते पश्चात मधेशी समुदायका युवाहरुमाथि कुटपिट भईरहेको र केही युवा घाईते भई अस्पताल भर्ना भएको फोटो र भिडियो सार्वजनिक भएको थियो ।

यस घटनाप्रति मधेशी आयोगले समेत ध्यानाकषर्ण गराउँदै प्रहरी प्रधान कार्यालयलाई पत्र पठाई घटनामा संलग्न समूहको पहिचान गरि दोषीलाई कारबाहीको लागि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्