विराटनगर । निजी तथा आवासीय अर्गनाइजेशन नेपाल विराटनगरको नवर्विाचित कार्यसमितिहरुको पदस्थापन भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी पदस्थापन गरिएको हो । नवनिर्वाचित पदाधिकारी र कार्यसमितिहरुलाई पदस्थापन प्रमुख निर्वाचन आयुक्त डा.उद्धव पोखरेलले गरे ।
प्याब्सन विराटनगर महानगरको तेस्रो अधिवेशनबाट अध्यक्षमा अर्जुन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका प्रिन्सिपल पनि हुन् । उनी यसअघि प्याब्सन विराटनगरका उपाध्यक्ष रहेका थिए । नवनिर्वाचित अध्यक्ष श्रेष्ठले निजी विद्यालयहरुको हकहितमा लागि पर्ने प्रतिवद्धता जनाए । त्यसैगरी उपाध्यक्षमा अशोक लामा, सचिवमा चिरिञ्जीवि तिम्सिना, कोषाध्यक्षमा गोपाल प्रसाद रिजाल, सह– सचिवमा दिनेश ढुङ्गाना, सह– कोषाध्यक्षमा देवीलाल महतो रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा सिमा अग्रवाल, विजय कुमार सिंह, भानु भट्टराई, ईश्वरी प्रसाद मिश्र रहेका छन् ।
पदस्थापन कार्यक्रमको प्रमुख अतिथि प्याब्सन राष्ट्रिय प्रमुख सल््लाहकार टिकाराम पुरी रहेका थिए । कार्यक्रममा प्याब्सन कोशी प्रदेशका अध्यक्ष टिकाराम ढकाल, प्याब्सन मोरङका अध्यक्ष प्रेललासिंह सुवाललागयतको उपस्थिती रहेको थियो ।