विराटनगर न्यानो हुँदा सिरक–डस्नाको छैन माग

<span class='c1'>विराटनगर न्यानो हुँदा</span> <span class='c2'>सिरक–डस्नाको छैन माग</span>

इन्दु साह
विराटनगर । जाडो यामसंगै विराटनगरका विभिन्न स्थानमा सिरक सिलाउने कार्य भईरहेको छ । विराटनगर ६ विएफएम चौकमा मो.नासिर दैनिक २ देखि ३ सिरक, डस्ना बनाई रहेका छन् । ३२ वर्षीय नासिर भन्छन् यसपटकको जाडोमा खासै चिसो नभएकोेले सिरक, डस्ना बनाउने अर्डर आएको छैन ।

यस पटक पुस महिनामा समेत न्यानो घाम लागि रहेकोले नागरिकले सिरक, डस्नाको थप आवश्यकता महसुस नगरेको बताउँछन् । नासीरले १० देख ५० केजीसम्मको डस्नाको अर्डर आउने गरेको बताए । उनले भने मैले परिवार समेत यसै पेसाबाट चलाउँदै आएको छु । उनले भने पछिल्लो वर्ष यो महिनामा मैले सिरक तयार पार्न ३ कारिगर राखेको थिए । अन्यलाई समेत रोजगार दिईरहेका उनको अहिले अर्डर नआउदा निरास देखिन्छन्।

यस पटक चिसो कम भएकोले उनले १ कारिगर मात्र राखेको सुनाए । उनको घर विराटनगर १७ मा रहेको छ । पछिल्लो वर्ष दिनमा ३ देखि ४ वटासम्म सिरक, डस्नाको अर्डर आउने गरेको थियो । एउटा सिरक तथा डस्ना तयार पार्न ओजन अनुसार १ देखि ४ घण्टासम्म लाग्ने उनले बताए । यता नागरीक पुस महिनामा न्यानो घाम लागि रहदा खुसी देखिन्छन् ।

तर जाडोयाममै फस्टाउने व्यापारका व्यापारीहरु भने व्यापार भएकोले दुखी छन् । समय सबैकोलागि उस्तै नहुने नासिर बताउँछन् । उनले यसबेला निकै आम्नानि गर्ने योजना बनाएका थिए । तर पुसको मध्यमा आईसक्दा समेत बढी चिसो नहुँदा व्यापार नभएको उनले बताए । उनले तयार गर्ने सिरकमा १० केजी,१५ केजी देखि अडर अनुसारको हुने गरेको छ । उनले यो कार्य विराटनगरका विभिन्न स्थानमा ७ वर्ष पहिलेदेखि गर्दै आएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्