ललित राजवंशीलाई विराटनगरमा भव्य स्वागतसहित नगर परिक्रममा

<span class='c1'>ललित राजवंशीलाई विराटनगरमा भव्य</span> <span class='c2'>स्वागतसहित नगर परिक्रममा</span>

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सबैभन्दा धेरै विकेट लिन सफल ललित राजवंशीलाई गृहनगरी विराटनगरमा भव्य स्वागत गरिएको छ ।

खेलकुदसंग सम्बन्धित विभिन्न संघसंस्था र खेलकुद क्षेत्रमा लागेका व्यक्ति तथा उनका समर्थकहरुले राजवंशीलाई मंगलबार विराटनगर विमानस्थलमा पुगेर भव्य रुपमा स्वागत गरेका हुन् ।

विमानस्थलमा स्वागत गर्न कोशी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री जयराम यादवदेखि मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका पदाधिकारी तथा नेपाल खेलकुद महासंघका सचिवालय सदस्य शान्ता जोशी समेत पुगेकी थिइन् । त्यसैगरी राजवंशीलाई स्वागत गर्न मिल्स क्रिकेट क्लब एण्ड एकेडेमीका अध्यक्ष मुरली चौधरी, उपाध्यक्ष बिसाल बानिया लगायत पनि पुगेका थिए ।

त्यसैगरी अन्य उनका समर्थक तथा आफन्तहरुले विराटनगर विमानस्थलमा भव्य स्वागत गरेका थिए । विराटनगर १४ जतुवा घर भएका राजवंशीलाई बुधबार दिउसो महानगरपालिका भित्र बृहत बाजागाजा सहित अभिनन्दन र्‍याली निकालेका छन् । विराटनगर १४ जतुवाबाट निकालेको रयाली विराटनगरको नगरपरिक्रमा गरिएको छ । ललित राजवंशीलाई उनका समर्थक, आफन्त तथा खेलप्रेमीहरुले विराटनगर नगरपरिक्रमा गरेका हुन् ।

हालै सम्पन्न भएको प्रतियोगितामा जनकपुर बोल्टसबाट खेलेका ललितले कूल १० खेलमा कूल ४० ओभर बलिङ गरेका थिए । अर्थात उनले आफ्नो पूरै ओभर बलिङ गर्दै १७ विकेट हात पारेका थिए ।

त्यसक्रममा ५ ओभर मेडन राखेका उनले २१३ रन खर्चिएका थिए । उनी मंगलबार साँझ विराटनगर आईपुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्