विराटनगर । गायक मातृका आचार्यको मधुर स्वरमा एक नयाँ राष्ट्रभक्ति गीत 'भृकुटी तारा' सार्वजनिक भएको छ।
इटहरी निवासी गीतकार वन्दना दाहाल 'सामना'को शब्द रचनामा तयार भएको यो गीत मिर्मिरे नेपाल युट्युब च्यानलमार्फत श्रोताहरू माझ ल्याइएको हो।
नेपालको भौगोलिक विविधतालाई उजागर गर्दै रचना गरिएको यस गीतमा हिमाल, पहाड र तराईको अनुपम सौन्दर्यको चित्रण गरिएको छ। विशेषगरी भगवान बुद्ध नेपालमा जन्मिएको ऐतिहासिक तथ्य र राजकुमारी भृकुटीको गौरवमय इतिहासलाई गीतमा सशक्त रूपमा प्रस्तुत गरिएको छ। साथै, नेपाली वीर योद्धाहरूको वीरगाथालाई पनि गीतमा समेटिएको छ।
प्राविधिक पक्षमा, गीतको लिरिकल भिडियो निर्माणको जिम्मेवारी नवीन भट्टले सम्हालेका छन् भने संगीत र संगीत समयोजनमा प्रतिभाशाली संगीतकार पुरुषोत्तम न्यौपानेको योगदान रहेको छ।
यस राष्ट्रभक्ति गीतले नेपालको समृद्ध इतिहास, सांस्कृतिक धरोहर र राष्ट्रिय गौरवलाई संगीतमय रूपमा प्रस्तुत गर्दै नेपाली श्रोताहरूको मन छुने प्रयास गरेको छ।
भिडियो हेर्नुहोस् :