विराटनगरको सेन्ट्रल मलमा ‘क्लिन एक्स ब्युटी प्रोडक्ट’को स्टल प्रदर्शनी

<span class='c1'>विराटनगरको सेन्ट्रल मलमा ‘क्लिन एक्स</span> <span class='c2'>ब्युटी प्रोडक्ट’को स्टल प्रदर्शनी</span>

विराटनगर । विराटनगरको सेन्ट्रल मलमा क्लिन एक्स ब्युटी प्रोडक्टको स्टल राखिएको छ । बुधवारदेखि सुरु भएको यस प्रदर्शनीमा स्किन केयर र हेयर केयरका विभिन्न उत्पादनहरू राखिएका छन् । क्रिसमस डेको अवसरमा मलमा घुम्न आएका धेरै व्यक्तिहरूले यी उत्पादनहरू प्रति रुचि देखाएका छन् । यो स्टल पौष १७ अर्थात् जनवरी १ सम्म रहने छ । यस प्रोडक्टको लन्च घटस्थपनाको दिन भारतका चर्चित युटुवर लखन विष्ट र नितु विष्टबाट गराईएको थियो । स्टलमा सेम्पु, सनस्क्रिन, टोनर, मास्क, फेस सेरम, हेयर सेरम र तेल लगायतका विभिन्न सौन्दर्य उत्पादनहरू गरी ७० भन्दा बढि प्रकारहरु प्रदर्शनीमा राखिएका छन् ।


यी उत्पादनहरूले भारतमा भएको अन्तर्राष्ट्रिय गुणस्तर परीक्षणमा दोस्रो स्थान हासिल गरेका छन् । कम्पनीकी सिईओ स्वेता अग्रवालका अनुसार विराटनगरमा छोटो समयमै क्यालेन एक्सका प्रोडक्टहरूको प्रयोगकर्ता बढ्दो क्रममा छन् । उत्पादन प्रयोगकर्ता ३५ वर्षीया रेनु घिमिरेले भनिन्, “चार महिनादेखि यस कम्पनीको स्याम्पु प्रयोग गरिरहेकी छु । उत्पादनबाट सन्तुष्ट छु ।“ राम्रो नतिजा पाएपछि उनले कम्पनीका अन्य उत्पादनहरू पनि प्रयोग गर्न थालेकी छिन् ।


यसैबीच सामाजिक कार्यका लागि सोही स्टलमा चार प्रकारका खेलहरू राखेको छ । उक्त खेलबाट प्राप्त रकम आवश्यक पर्ने स्थानमा एक प्रयास नामक संस्था मार्फत सहयोग गरिने जनाइएको छ । विराटनगर–१ स्थित भट्टा चौकमा रहेको कम्पनीको कार्यालयबाट असार महिनादेखि यी उत्पादनहरूको बिक्री वितरण हुँदै आएको छ । अग्रवालका अनुसार अन्य प्रयोगकर्ताहरूले पनि उत्पादनको सकारात्मक नतिजाप्रति सन्तुष्टि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्