पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन

<span class='c1'>पच्चीस लाख खर्चेर</span> <span class='c2'>सुन्दरहरैँचामा मौरीपालन</span>

सुन्दरहरैँचा । सुन्दरहरैंचा नगरपालिकाले रु २५ खर्चेर मौरीपालन कार्यक्रम कार्यान्वयन गरेको छ ।

प्रदेश सरकारसँगको समन्वयमा पालिकाले किसानसँग २५ प्रतिशत लागत साझेदारीमा उक्त कार्यक्रम कार्यान्वयन गरेको हो ।

कार्यक्रमअन्तर्गत दुई सय २६ घार र मौरी पनि किसानलाई प्रदान गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख फणिन्द्र भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा २१ किसान परिवार सहभागी छन् ।

सुन्दरहरैँचा नगरपालिकाभित्रका धेरै स्थानमा तोरीखेती हुने भएकाले मौरीपालन कार्यक्रम कार्यान्वयन गरिएको उहाँको तर्क छ । मौरीपालनले महका साथै तोरी उत्पादनमा पनि मद्दत पुग्ने उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्