नेपाल ईन डाटा नामक वेबसाईट सार्वजनिक

<span class='c1'>नेपाल ईन डाटा नामक</span> <span class='c2'> वेबसाईट सार्वजनिक</span>

      

माघ १८¸ २०७३- हालै स्थापना भएको विकास उद्यमी संस्थाले   “Nepal in Data नामक वेबसाईट सार्वजनिक गरेको छ । यो वेबसाईट ओपन डाटा र तथ्यांकहरुको संग्रह हो । यसमा सन् १९५० देखि हालसम्मको नेपालको विकाससँग सम्बन्धि विविध तथ्यांकलाई पहुँचयोग्य बनाई बुझ्न सरल र खोज्न र तुलना गर्न सजिलो हुनेगरि एकै स्थानमा राखिएको आयोजकले जनाएको छ । योजना आयोगका सदस्य माननीय डा. स्वर्णीम वाग्लेले पुल्चोक ईन्जिनियरिङ क्याम्पसमा आयोजित एक कार्यक्रमका बिच औपचारिक रुपमा यसको सार्वजनिक गर्नुभएको हो । उक्त कार्यक्रममा केन्द्रिय तथ्यांक विभागका महानिर्देशक सुमन राज अर्यालको पनि उपस्थिती थियो । उक्त वेबसाईट www.nepalindata.com मा गएर हेर्न सकिन्छ ।

 

प्रयोगकर्तालाई एकैठाँउबाट सबै डाटा र तथ्यांक उपलब्ध गराई¸ डाटासँग सम्बन्ध छलफल र सूचकहरुको तुलनात्मक अध्ययन गर्ने वातावरण बनाउनु www.nepalindata.com वेबसाईको प्रमुख उदेश्य हो । यसमा भएका कृषि तथा उद्योग¸ समाज र मानव विकास¸ राज्य र राजनीति¸ पूर्वाधार¸ संचार र प्रविधि¸ नागरिक समाज¸ वैदेशिक सहायता¸ अर्थतन्त्र¸ बजार र वित्त¸ दिगो विकास लक्ष जस्ता विविध १२ विधाका ४०० भन्दा धेरै डाटासेटले त्यसलाई सहज बनाउँछन् । प्रयोगकर्ताले ४०० बढि सूचकहरुलाई छानेर हेर्न तथा आपसमा तुलना गर्न सक्ने र साथै छानेका डाटा सूचकहरुलाई टेबल¸ चार्ट तथा नक्साको स्वरुपमा हेर्न¸ डाउनलोड गरेर राख्न तथा प्रिन्ट गर्न पनि मिल्ने आयोजकको भनाई छ । सूचकहरुको वरपर रहेर तयार गरिएको छलफल समुह (Discussion Forum) ले प्रयोगकर्तालाई आफुले चाहेको डाटासमुहबारे छलफल सुरु गर्न तथा सहभागी हुन अवसर पनि प्रदान गर्छ । यसमा भएको कम्युनिटी सेक्सनमा पछिल्ला समाचारहरु पढ्न¸ डाटा र तथ्यांकको प्रयोग र विश्लेषण गर्न सहयोग गर्ने स्रोतहरु बारे जान्न¸ र पोर्टलमा प्राप्त भएका विकाससँग सम्बन्धि डाटाहरु कसरी प्रयोग गर्ने भन्ने बारेमा अभ्यास पनि गर्न पाईन्छ । वेबसाईटमा अन्तर्कृयात्मक टाईमलाईन (Interactive Timeline) पनि छ जसमा १९५० देखि अहिलेसम्म घटेका नेपालको विकास कालखण्डका मुख्य-मुख्य घटनाहरुबारे हेर्न सकिन्छ ।

 

डाटा र तथ्यांकलाई उपलब्ध गराई सबैको सरल पहुँचमा पुर्याउँने मात्र नभई नेपाल ईन डाटाले नेपाल सरकारलाई विकास सम्बद्ध मुद्धाहरुको सम्बोधनको लागि प्रमाणमा आधारित नीति निर्माण तथा निर्णय तहमा सहयोग पुर्याउने लक्ष लिएको छ । यसले आम जनतालाई सार्वजनिक मामिलामा सहभागीता जनाउन आवश्यक पर्ने सूचनाको पहुँच दिई भएका विकास कार्यहरुलाई नतिजाको आधारमा जाँच मुल्यांकन गर्न प्रोत्साहन र सहयोग पुर्याउँछ । त्यस्तै नागरिक समाज र अन्य विकास एजेन्सीहरुलाई विकास सँग सम्बन्धित कार्यक्रमहरुबारे सूचना दिँदा डाटाको प्रयोग गर्न सहजिकरण पनि गर्छ । यसका साथै यो वेबसाईटले नेपालका निजी क्षेत्रहरुलाई व्यवसाय र लगानी सम्बन्धि निर्णयहरु सूचनामैत्री बनाउन सहयोग गर्ने अपेक्षा लिएको छ । पोर्टलमा उपलब्ध डाटा र तथ्यांकहरुले विद्यार्थी¸ रिसर्च ईन्स्टिच्युसन¸ र मिडियाहरुलाई विकास सम्बन्धि मुद्धाहरुमा रिपोर्टिङ¸ रिसर्च र विश्लेषणको लागि सहयोग पुर्याउने र जसको कारणले विकासको क्षेत्रमा संलग्न पक्षहरुलाई नेपालको विकासका समस्याको पहिचान गर्न र चुनौतिहरुलाई सामना गर्न सहयोग पुग्ने विकास उद्यमीको विश्वास छ ।

 

नेपाल ईन डाटामा भएका डाटा र तथ्यांकहरु सरकारले सार्वजनिक गरेका वेबसाईट¸ प्रकाशन तथा रिपोर्टहरुबाट संग्रह गरिएका हुन् । आगामी दिनमा अझै धेरै डाटासेट¸ तथ्यांक¸ ऐतिहासिक घटनाहरुबारे जानकारी थप्ने तथा डाटा प्रक्षेपण जस्ता नयाँ विशेषताहरुलाई स्थान दिने योजना रहेको छ । यतिमात्र नभई डाटाको अर्थपूर्ण प्रयोग गर्ने क्षमता बढाउनको लागि विभिन्न तहमा डाटा डाटा शिक्षा कार्यक्रमहरु संचालन गरिने योजना आयोजकको छ ।

 

विकास उद्यमी विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने युवा प्रोफेसनलहरु संलग्न भएको सोसियल ईनोभेसन हब हो जसमा युवाहरुले फरक तरिकाले विकास गर्नको लागि उद्यमशील सोचहरु साटासाट गर्छन् । नेपालमा सकारात्मक परिवर्तन प्राप्त गर्नको लागि भएका र बढ्दै गरेका चुनौतिहरुको सामना गर्न नवीन र स्मार्ट समाधानका बाटो खोजी फरक ढंगबाट विकासको डिस्कोर्स/छलफलमा युवाहरुलाई सहभागी गराउने यसको लक्ष रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्