नेकपा एमाले मोरङका जिल्ला सदस्य तथा ठगी आरोपीत अनिल पोखरेल आफैं पुगे प्रहरीको गेटमा

<span class='c1'>नेकपा एमाले मोरङका जिल्ला सदस्य तथा ठगी</span> <span class='c2'>आरोपीत अनिल पोखरेल आफैं पुगे प्रहरीको गेटमा</span>

विराटनगर । नेकपा एमाले मोरङका जिल्ला सदस्य तथा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । ठगी गरेको आरोपमा उनी बिहीबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रवेशद्वारमा आफैं पुगेका हुन् । ‘पक्राउ गर्न प्रहरी परिचालन भएको जानकारी पाएपछि उहाँ आफैं हजुर आत्मासमर्पण गर्छु भन्दै गेटमा आईपुग्नुभयो’ मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले भने–जसरी पनि पक्राउ पर्ने भएपछि आफैं आउनु भएको हुनसक्छ ।

मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल पोखरेलले एमबीबीएस भर्ना गर्नका लागि ३८ लाख ८० हजार रुपैयाँ ठगेको आरोप छ । छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएका थिए । उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश पनि दिएको थियो ।

प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । ऋषिकेश पोखरेल पत्नी अन्जला कोइरालामाथि सहकारी ठगीको आरोप छ । गत २७ मंसिरमा मुद्दा दर्ता भएपछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् । बुधबार नै उनी अदालतको आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी थिइन् । बिहीबार बिहान उनका स्वकिय सचिव पक्राउ परेका हुन् । ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिवलाई जिम्मेबारीबाट हटाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्