धनकुटामा हवाई फायर गरेर १२० केजी गाँजा बरामद

<span class='c1'>धनकुटामा हवाई फायर गरेर</span> <span class='c2'>१२० केजी गाँजा बरामद</span>

धनकुटा । धनकुटाको साँगुरीगढीमा प्रहरीले लागुऔषध गाँजा कारोबारमा संलग्न ६ जनालाई हवाई फायर गरी नियन्त्रणमा लिएको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेहरूमा सहिदभूमि गाँउपालिका-१ का नकुल राई (३४) र ओमप्रकाश राई (२१) तथा साँगुरीगढी-८ का मंगलकुमार राई (२८), बिसन राई (२९), थामबहादुर राई (२६) र सुमन राई (२१) रहेका छन्।

कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी भीमबहादुर दाहालका अनुसार साँगुरीगढी गाउँपालिका-९ को सडक खण्डमा ५ वटा मोटरसाइकलमा गाँजा ओसारपसार भइरहेको सूचना प्राप्त भएपछि प्रहरीले कारबाही गरेको थियो। मोटरसाइकललाई रोक्न खोज्दा सवार व्यक्तिहरूले प्रहरी टोलीमाथि हातपात र ढुंगामुढा गरेपछि एक राउण्ड हवाई फायर गर्नुपरेको थियो।

बुधबार बिहान सवा ४ बजेतिर इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले को ३८ प ३५२२, प्रदेश १-०२-०५३ प ९६६३, प्रदेश १-०२-०५३ प ८६१७, प्रदेश १-०२-०४३ प ९५९६ र को १४ प ७७५० नम्बरका मोटरसाइकलसहित १२० केजी गाँजा बरामद गरेको छ। पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको एसएसपी दाहालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्