विराटनगर । विराटनगर १० मा रहेको अर्किड स्कुलले ‘अर्किड डान्सिङ्ग स्टार’ सिजन –१ सुरु गरेको छ । विद्यार्थीहरुमा भएको प्रतिभाको खोजी गर्दै उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘अर्किड डान्सिङ्ग’ स्टार सिजन १ सुरु गरेको हो ।
उक्त प्रतियोगिताको लागि शुक्रबार विद्यालय परिसरमा पहिलो चरणको अडिसन राखेको छ । तीन समूहमा विभाजन गरेको सो प्रतियोगिता आयोजना गरेको छ । कक्षा २ देखि ४ सम्म अध्ययरत विद्यार्थीहरुको एउटा समूह, ५ देखि ७ कक्षा सम्म र ८ देखि कक्षा १० सम्मको समूह गरी तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक सहूमको कक्षाहरुबाट विद्यार्थीहरुले यो प्रतियोगितामा भाग लिएको स्कुलका प्रिन्सिपल सि.एम. श्रेष्ठले जानकारी दिनुभयो ।
तीन वटै समूहबाट छनौट चरणमा एक सय जना विद्यार्थीहरुले भाग लिएका छन् । शुक्रबार ५० जना विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका छन् । बाँकी रहेका ५० जनाले आउँदो शनिबार नृत्य प्रस्तुत गर्दछन् । पहिलो चरणको अडिसनबाट क्वाटरफाइनलमा ५० जना छनौट गरिनेछ । क्वाटरबाट सेमिफाइनलमा ३० जना छनौट हुनेछ । सेमिफाइनलपछि भोटिङ राउन्ड सुरु हुने प्रिन्सिपल श्रेष्ठले बताए । फाइनलमा १५ प्रतिस्पर्धी छनौट हुनेछन् ।
फाइनल प्रथम, द्धितीय र तृतीय हुने तीन वटै समूहले क्रमशः ५० हजार, ३० हजार र २० हजार बरावरको पुरस्कार प्राप्त गर्नेछन् । सो प्रतियोगितामा स्कुलले तीन लाख बरावरको पुरस्कार वितरण गर्ने जनाएको छ ।
छनोट चरणको निर्णयकहरुमा नृत्य निर्देशक दिपेन्द्र थापा र काशि राजवंशी रहेका छन् । कार्यक्रममा स्कुलका अध्यक्ष अतिम ढकाल र प्रिन्सिपल सी.एम. श्रेष्ठ लगायत शिक्षक तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।