इशु पन्त
विराटनगर । माघे संक्रान्ति नजिकिएसँगै विराटनगर बजारमा कन्दमूल भित्रन थालेको छ ।
माघे संक्रान्तिको दिन कन्दमूल (तरुल) खाने मान्यता अनुसार उत्पादन गर्ने किसानले पुषको अन्तिमतिरबाट यसलाई बजार पठाउने गरेका हुन् । अहिले विराटनगरमा विस्तारै विस्तारै विभिन्न प्रकारका तरुलहरु आउन थालेको व्यापारीहरुले बताएका छन् ।
विराटनगर ११ नयाँ गुद्री स्थित त्रिलोग्की भगत पसलका सञ्चालकका अनुसार योवर्ष यतिञ्जेल सुनसरी देवानगञ्जबाट सुठुनी आईरहेको छ । उनका अनुसार गत बिहीबार दश बोरा सुठुनी आएकोमा सबै बिक्री भईसकेको छ । भगत पसलका कर्मचारी यस यादवका अनुसार सुठुनी सुनसरी देवानगञ्जमा उत्पादन हुने भएकोले यहाँबाट ल्याउँदा ढुवानी खर्च कम पर्ने र त्यसको मूल्य समेत कम हुने गरेको बताए । तर, सधैं त्यहाँ उत्पादन भएको तरुलले मात्रै नपुग्ने भएपछि संक्रान्तिलाई बाहिरबाट मगाउनु पर्दा ढुवानी खर्च बढेर महंगो हुने गरेको उनको भनाई छ ।
संक्रान्तिमा सुठुनी ,आलु , घरतरुल, इस्कुसको जरा र सिमल तरुल बिक्री गर्दै हुँदै आएको छ । वन तरुलको माग भएपनि बजारमा पर्याप्त उपलब्ध हुन सक्दैन । सुठुनी ,तरुल , सिमल तरुल र पिडालुको सिजन भए पनि विराटनगर बजारमा प्रशस्त नआएको व्यापारीको भनाई छ । अझै पिडालु बजार आउनै छोडेको उनीहरु बताउँछन्। कोशी पहाड धनकुटा, संखुवासभा, भोजपुर र तराइको सुनसरी अन्तर्गत कोशी कटान हरिपुरबाट तरुल आउने गरेको छ ।