बुढीगंगामा निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीको स्वास्थ्य जाँच

<span class='c1'>बुढीगंगामा निःशुल्क स्वास्थ्य शिविरमा ३</span> <span class='c2'>सयभन्दा बढीको स्वास्थ्य जाँच</span>

विराटनगर । नोना कोइराला स्मृति प्रतिष्ठान विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा ३ सयभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका छन् ।

बुढीगंगा गाउँपालिका केएचडीसी नेपालको सहयोगमा बुढीगंगा-४ मा अवस्थित सरस्वती आधारभूत स्कुलमा भएको एकदिने निःशुल्क स्वाथ्य शिविरबाट ३ सय जनाभन्दा बढीले स्वास्थ्य चेकजाँच गरेका हुन् ।

बुढीगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापामगरले उद्घाटन गरेको शिविरमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. सन्जीवकुमार शर्माले निःशुल्क स्वास्थ्य शिविरबाट इको, फोक्सो, इसिजी र सुगर टेस्टलगायतका स्वास्थ्य उपचारमा सहयोग पुर्‍याएको नोना कोइराला स्मृति प्रतिष्ठानका महासचिव अमित श्रीवास्तवले जानकारी दिए । श्रीवास्तवका अनुसार उक्त शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । नोना कोइराला स्मृति प्रतिष्ठानकी अध्यक्ष पुनम कोइराला, वडा नं. ४ का अध्यक्ष शशीकान्त चौधरीलगायतको उपस्थितिमा भएको शिविरमा विभिन्न स्वास्थ्य जाँच गरिएको थियो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफ्नी आमाको नाममा बुढीगंगा गाउँपालिकाका प्रत्येक वडामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै आएको अध्यक्ष थापामगरले बताए । अध्यक्ष थापामगरका अनुसार प्रत्येक महिना यस गाउँपालिकाका ७ सय भन्दा बढी मानिसले स्वास्थ्य उपचार पाइराखेका छन् । शिविरमा २ जना मुटुका जटिल बिरामी पत्ता लागेर उनीलाई काठमाडौं पठाइएको छ । बुढीगंगा गाउँपालिकाभित्र बसोबास गर्ने दलित, विपन्न र पछाडि परेका समुदायलाई लक्षित गरेर स्वास्थ्य शिविर आयोजना गरिएको महासचिव श्रीवास्तवले जानकारी दिए । प्रतिष्ठानले स्वास्थ्य शिविरका साथै विभिन्न सामाजिक कार्य गर्दै आएको अध्यक्ष कोइरालाले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्