थुनछेक बहसका लागि रवि लामिछाने जिल्ला अदालतमा

<span class='c1'>थुनछेक बहसका लागि रवि</span> <span class='c2'>लामिछाने जिल्ला अदालतमा</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई काठमाडौं जिल्ला अदालत लगिएको छ ।

सोमबार सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई बबरमहलस्थित जिल्ला अदालत लगिएको हो ।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतबार विहान आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
बयान सकिएपछि अदालतले न्यायिक हिरासतमा राख्न भनेको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउन आदेश दिएको हो।
आइतबार थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको हो । पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आइतबार हिरासतमा गएका हुन् ।

आइतबार बिहान आफैं अदालनमा आएको र थुनछेक बहसका लागि परिवार र निजी वकिलहरुको जिम्मा लगाउन लामिछानेले माग गरेका थिए । तर न्यायाधीशले प्रहरीको जिम्मा लगाउन आदेश दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्