विराटनगर । विराट मेडिकल कलेज र सिस्ट्रॉन डायग्नोस्टिक रिलाएबल ल्याब (सि. डी.आर.एल) विराटनगरको संयुक्त आयोजनामा अस्पताल प्रयोगशालाको गुणस्तर सुधारका लागि प्रयोगशाला मूल्यांकनकर्ता तालिम सुरु भएको छ।
स्वास्थ्य व्यवसाय शिक्षा विभागको सहकार्यमा आयोजित यो तालिम काठमाडौं बाहिर पहिलो पटक आयोजना गरिएको हो।
प्रत्यायन बोर्ड नेपाल र गुणस्तर प्रतिष्ठान (भारत) को प्राविधिक सहयोगमा संचालित यस कार्यक्रममा प्रत्यायन बोर्डका अध्यक्ष, गुणस्तर प्रतिष्ठान भारतका प्रमुख कार्यकारी अधिकृत एवं निर्देशक तथा बैंगलोरस्थित सेन्ट जोन्स मेडिकल कलेजका प्राध्यापक डा. वेंकटेश थुप्पिल र प्रत्यायन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. सीताराम जोशीले प्रशिक्षण दिइरहेका छन्।
पौष २८ देखि माघ ३ गतेसम्म संचालन हुने यस तालिममा देशभरका विभिन्न अस्पतालबाट २६ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको छ। यस तालिमले अस्पताल प्रयोगशालाहरूको मापदण्ड र गुणस्तरीयतामा एकरूपता ल्याउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।