विराटनगरमा भक्का दिवस (फोटो फिचर)

<span class='c1'>विराटनगरमा भक्का दिवस</span> <span class='c2'>(फोटो फिचर)</span>

विराटनगर । विराटनगरमा विविध कार्यक्रम गरी भक्का दिवस मनाइएको छ । राजवंशी चलचित्रकर्मी सवाद समितिले विराटनगरमा सोमबार ८ औँ भक्का दिवस मनाएको हो ।
भक्का दिवस कार्यक्रममा कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले देशभित्रका भाषासंस्कृति र मौलिक खाद्य परिकारको संरक्षण गर्ने दायित्व राज्यको रहेको बताउनुभएको छ ।


भक्का दिवस बिशेष कार्यक्रममा बोल््नुहुँदै उहाँले त्यस्तो बताउनुभएको हो । सो अवसरमा बोल््नुहुँदै उहाँले राज्यले अन्य क्षेत्रको विकासका साथै भाषा संस्कृतिहरुको संरक्षण गर्दा मात्र देश समृद्ध हुने भएकाले यसतर्फ बिशेष जोड दिनुपर्ने बताउनुभयो ।
प्रदेश सभा सदस्य पराजुलीले भक्का पुर्र्वी तराईमा बसोबास गर्ने विराट राजवंशी सहित थारु लगायत समुदायको मौलिक पारम्परिक खाद्य परिकार रहेकाले यसको संरक्षण र प्रर्बधन आवश्यक रहेको बताउनुभयो ।


एक फरक प्रसंगमा बोल्नुहुँदै उहाँले विराट राजवंशी समुदायले आफुहरुलाई आदिवासीमा सुचिकृत गरिदिन लामो समयदेखी माग उठाउँदै आएपनि सम्बोधन नगरिनु दुर्भाग्यपुर्ण रहेको धारणा राख्नुभयो । हाल नेकपा एमाले र काँग्रेसको सरकारले विराट राजवंशी समुदायको उक्त मागलाई अविलम्ब सम्बोधन गर्नुपर्ने विचार समेत गर्नुभयो । विराट राजवंशी उत्थान समितिका केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले पछिल्लो समय समुदायमा आफ्नो भाषासंस्कृति र खाद्य परिकार संरक्षण गर्नुपर्ने दायित्व बोध तिब्र भएर गएको बताउनुभयो ।

आयोजक संस्थाका अध्यक्ष दिपनारायण राजवंशीले विराटनगरमा पहिलोपटक भक्का दिवस मनाईएको जानकारी दिनुभयो । उहाँले पुर्वी नेपालको ग्रामिण बस्ती सहित चोक चौराहामा हिउँदको समयमा विक्री हुँदै आएको लोकप्रिय परिकारलाई आफुहरुले ब्राण्डिङ समेत गरिरहेको जानकारी दिनुभयो । उहाँले भक्कालाई ब्राण्डिङ गर्नकैलागि विराटनगर ३ मा भक्का ताण्डव रेस्ट्रो समेत संचालनमा ल्याईएको बताउनुभयो । विराट राजवंशी सहित कोच राजवंशी समुदाय तथा पूर्वी तराईमा बसोबास गर्ने समग्र आदिवासी समुदायले पुस २९ गतेलाई राष्ट्रिय भक्का दिवसका रूपमा मनाउने गरेका छन् । कार्यक्रममा अथितीहरुलाई भक्का दिवसको झल्को दिने मायाको चिनो समेत प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्