जिप दुर्घटनामा चार जनाको मृत्यु

<span class='c1'>जिप दुर्घटनामा चार</span> <span class='c2'>जनाको मृत्यु</span>

पाल्पा, २५ माघ । पाल्पाको दोभान गाविस–४ श्रीडा“डामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्र्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताउनुभयो ।

दुर्घटनामा १९ जना घाइते भएको र तिनको अहिले बुटवलका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दोभान २ नं वडाको देउरालीबाट दोभान– ४ श्रीडाँडामा बिहेमा बाजा बजाएर फर्किँदै गर्दा जिप दुर्घटनामा परेको हो ।
लु १ ज २६८९ नंको जिप दुर्घटनामा चार जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । ओरालो कच्ची बाटामा दुर्घटना भएको जिप सडकबाट १२० मि भिरमा खसेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्