विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा लोकरिझ्याइँको राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवाद बहुलवाद र विकासलाई चुनौती दिएको धारणा राखेका छन् ।
बेलायतको वेस्ट मिन्स्टरमा धारणा राख्ने क्रममा नेता कोइरालाले अहिले नेपालमा भईरहेको लोकरिझाईको राजनीति, उग्र राष्ट्रवाद, साम्प्रदायिकता र आर्थिक राष्ट्रवाद जस्ता कार्यले बहुलवाद र विकासलाई चुनौती दिएको बताएका हुन् ।
‘नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाले यो तथ्यलाई सन् १९७० को दशकमै बुझेर सचेत गराएको उनले स्मरण समेत गराएका छन् । डाक्टर शेखरले ‘लोकतन्त्र बचाउनुपर्छ, यसलाई कुनै बहानामा कतै बुझाउन हुन्न ।’ भनेकोले ती वाक्य आज अझ सान्दर्भिक देखिएको उल्लेख गरेका हुन् ।
कोइरालाले नेपालमा लगानीका लागि बेलायतीका उद्यमीलाई आग्रह गरेका छन् । बेलायत भ्रमणमा रहेका नेता कोइरालाले जलविद्युत, पर्यटन, कृषि तथा वनजन्य क्षेत्रमा उद्यमको सम्भावनाका क्षेत्र रहेको बताए ।
इमानदार र परिश्रमी कामदारका कारण नेपाल वैदेशिक लगानीको लागि अत्यन्त संभावना भएको क्षेत्र भएको समेत उनले बताएका छन् । त्यसका लागि सरकारले बैदेशिक लगानी मैत्री वातावरण बनाएको दावी गरिएको छ ।
नेपालमा बेलायती लगानी राम्रो भएपनि अझ यसमा धेरै वृद्धि गर्न सकिने बताउँदै नेता कोइरालाले वेलायती प्रविधिको सहयोगमा हामीले विभिन्न क्षेत्रमा मिलेर काम गर्न सक्छौं । उनले उर्जा, पर्यटन, जलविद्युत, कृषि र प्रविधि लगायतका अन्य क्षेत्रमा नेपालमा लगानी गर्न त्यहाँका उद्यमीहरुमा आग्रह गरेका हुन् ।
दुई शताब्दीदेखि नेपाल बेलायतको सम्बन्ध रहेको उल्लेख गर्दै कोइरालाले दुईलाख भन्दा बढी गोर्खा सैनिकहरुले दुई विश्व युद्धमा बेलायतको तर्फबाट युद्ध लडेको स्मरण गरे । नेपालका विभिन्न शहरहरु र संयुक्त अधिराज्यका विभिन्न शहरहरुका बीचको भगिनी सम्बन्धले जनस्तरको मित्रता प्रगाढ बनाएको बताए ।