विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गरिने

<span class='c1'>विद्यालय शिक्षकको तलब अब</span> <span class='c2'>महिनैपिच्छे भुक्तानी गरिने</span>

सरकारले विद्यालय शिक्षकको तलब अब महिनैपिच्छे भुक्तानी गर्ने निर्णय गरेको छ । तलब वितरण प्रणालीलाई चुस्त बनाउन तथ्यांक प्रविधिको प्रयोग गर्ने तयारी भएको खबर कारोबार दैनिकमा छ ।

यसअघि चौमासिक रूपमा तलब वितरण गर्दा व्यवस्थापन सजिलो र व्यवस्थित भए पनि मासिक भुक्तान प्रणालीमा एकरूपता ल्याउन मासिक तलबलाई तथ्यांक प्रणाली विकास गरी वितरण गर्न लागिएको हो ।सरकारले अब शिक्षकको तलबका लागि मात्र लगभग २ अर्ब ७० करोड रूपैयाँ मासिक निकासा गर्नुपर्ने भएको छ । मासिक रूपमा तलब वितरण गर्नुपर्ने बाध्यताका कारण समयमै शिक्षकको हातमा रकम पु-याउन चुनौती देखिएपछि तथ्यांक प्रणाली विकास गर्न लागिएको शिक्षा विभागले जनाएको छ ।

सरकारले शिक्षकको मासिक रूपमा वितरण गर्नुपर्ने २ अर्ब ७० करोड रुपैयाँ बराबरको रकम समयमै शिक्षकको हातमा पु¥याउन कागजातको सट्टा तथ्यांक प्रणाली प्रयोग गरी वितरण गर्ने योजना बनाएको छ ।यो प्रणाली विकासपछि प्रत्येक शिक्षकले पाउने रकम, शिक्षकको संख्या र अवस्था खोजी गर्न सजिलो हुनेछ । देशभर रहेका शिक्षकलाई चौमासिक रूपमा तलब वितरण गर्दा शिक्षण पेशाको भरमा मात्र जीवनयापन गर्ने शिक्षकलाई असजिलो भएका कारण मासिक रूपमा वितरण गर्ने योजना बनाएको शिक्षा मन्त्रालयकी सहप्रवक्ता सरस्वती पोखरेलले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्