गोर्खा सैनिकको सेवा सुविधा र लण्डन–काठमाडौं सिधा हवाई उडानको माग

<span class='c1'>गोर्खा सैनिकको सेवा सुविधा र</span> <span class='c2'>लण्डन–काठमाडौं सिधा हवाई उडानको माग</span>

काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन् ।

लण्डनस्थित नेपाली राजदुतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले भूपु गोर्खा सैनिकहरुको सेवा सुबिधा समस्याको समाधान हुनुपर्ने र ब्रिटिस एअरवेजको लण्डन–काठमाडौ सिधा हवाई उडान हुनुपर्ने जस्ता कुराहरु राखेका थिए ।

उनले जलवायु परिवर्तनका कारण नेपाल संकटमा रहेको भन्दै हिउँ पग्लेर हिमालहरु कुरुप बनिरहेका बताए । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति व्यहोरिरहेको छ त्यसका लागि नेपालले क्षेतिपुर्ती पाउँनुपर्ने र बेलायतले सहयोग गरिदिनुपर्ने बताए । भेटमा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन । भेटघाटमा बेलायतका लागि कार्यबाहक राजदुत बिपिन दुवाडी पनि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्