नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

<span class='c1'>नयाँ प्रविधिहरुलाई विकासमा जोड्न</span> <span class='c2'>आवश्यक : मन्त्री भण्डारी</span>

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण सुरु भएको छ ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसन्स प्रा.लिले आयोजना गरेको उक्त मेलाको उद्घाटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन् ।

उद्घाटनमा बोल्दै मन्त्री भण्डारीले नयाँ प्रविधिहरुलाई भित्र्याएर रोजगारी सृजना गर्न सकेमा निर्यात गर्ने वस्तुहरुमा पनि त्यसको प्याकेजिङ र ब्राण्डिङ गर्ने सम्भावना बढ्ने बताए । प्रदर्शनीबाट छिमेकी मूलुक भारत र चीनको नयाँ प्रविधिलाई हाम्रो विकासँग जोड्न सकेमा रोजगारी र निर्यात बढाउन सक्ने उनको भनाई छ । उनले भने,‘हामीले नयाँ प्रविधिहरुलाई भित्र्याएर त्यो प्रविधिबाट रोजगारी सृजना गर्न सक्यौ भने र आज हामीले निर्यात गर्ने वस्तुहरुमा पनि त्यसको प्याकेजिङ ब्राण्डिङ गर्ने कुरामा यसले थुप्रै किसिमको सम्भावना देखाएको छ । आजको यो प्रदर्शनीबाट छिमेकी मुलुक भारत र चीनको नयाँ प्रविधिले आजको हाम्रो विकासँग जोड्न सक्यौँ भने रोजगारी र निर्यात बढाउन सक्छौं । वन जंगलको विकासलाई नयाँ आयाम दिन सकिन्छ ।’

आयोजकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टल रहने छन् । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहने छ । साथै ,फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको प्रदर्शनीमा सहभागिता रहनेछ । आजदेखि सुरु भएको उक्त मेला आइतबारसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्