नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न आग्रह

<span class='c1'>नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध</span> <span class='c2'>फुकुवा गर्न आग्रह</span>

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् ।

शुक्रबार ईयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले उक्त आग्रह गरेका हुन् ।

मन्त्री पाण्डे नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि कुटनैतिक सम्बन्ध रहेको स्मरण गर्दै नेपाल र ईयूबीच साझेदारी रहेको समेत उल्लेख गरे ।
उनले भने,‘नेपाल र ईयूबीच करीब पाँच दशकअघि कुटनीति सम्बन्ध स्थापना भएदेखि नै घनिष्ट कुटनैतिक सम्बन्ध रहेको छ । ईयू नेपालको प्रमुख विकास साझेदार हो । हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा इयूको निरन्तर सहयोग प्रति कृतज्ञ छौं ।’उनले ईयूको आकाशमा नेपाली एयरलाएन्समाथि लगाइएको प्रतिवन्ध चाडैं फुकुवा गरेर सहयोग गरिदिन समेत अनुरोध गरे ।

राजदूत भेरोनिक लोरेन्जोले ईयूको लगाएको हवाई प्रतिवन्धले नेपाली पर्यटनका क्षेत्रमा परेको असरको बारेमा जानकार रहेको उल्लेख गर्दै नेपालले प्राविधिक रुपमा सक्षम बन्नु पर्नेमा जोड दिए । उनले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको समेत बताए । राजदूत लोरेन्जोले नेपालको हवाई दुर्घटनाबारे बनेको उच्चस्तरीय छानविन समितिबारे समेत उच्च सोचका साथ हेरिरहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्