विराटनगरमा अध्यक्ष प्रचण्डले लिए भक्काको स्वाद

<span class='c1'>विराटनगरमा अध्यक्ष प्रचण्डले</span> <span class='c2'>लिए भक्काको स्वाद</span>

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएका छन् ।

विराटनगर आएका प्रचण्डले आज शनिबार बिहान मर्निङ वाक गर्ने क्रममा एक महिलाले भक्का बनाउँदै गरेको अवस्थामा पुगेर खाएका हुन् ।
तातो भक्का खाँदै उनले यो निकै स्वादिलो रहेको प्रतीक्रिया दिएका छन् ।उनको साथमा नेकपा (माओवादी केन्द्र) का नेता तथा कार्यकर्ता पनि थिए । राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएको तस्वीर अध्यक्ष प्रचण्डले सामाजिक संजाल फेसबुक मार्फत पोस्ट गरेका छन् । शनिबार दिनभरजसो मोरङका जनसमुदायसँगको साक्षात्कारमा रहने समेत उनले जानकारी दिएका छन् ।

मोरङको बस्तीमा अहिले सानो माटाको हण्डीमा पानी उमालेर बाफमा बिहान झिसमिसेदेखि नै सडक किनारमा बसेर भक्का पकाउने र बेच्ने गर्छन् । यो परिकार पुस–माघको चिसो मौसममा हुरहुरी बाफ उड्ने गरि तातो खाजाका रुपमा भक्का राजवंशी समुदायका महिलाले बनाउने गर्दछन् । भक्का बनाउन धानको चामललाई पीठो बनाएर बटुकामा राखेर बाफमा केहीबेर पकाइन्छ । यो प्रायः चिया र अचारसँग खाने गरिन्छ । भाक्का पोसिलो, स्वादिलो र आडिलो हुने भएकाले जनमानसमा लोकप्रिय बनिसकेको छ।

झापा र मोरङका आदिवासी राजवंशी समुदायमा ‘भक्का’ खाने चलन धेरै पुरानो मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्