चितवनमा युवक कुट्ने प्रहरी निलम्बित

<span class='c1'>चितवनमा युवक कुट्ने</span> <span class='c2'>प्रहरी निलम्बित</span>

काठमाडौं । चितवनमा युवक कुट्ने प्रहरी निलम्बित भएका छन्।

भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका हुन्। कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।

‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ ।

प्रहरी सहायक निरीक्षक (असइ) गणेशस्थान बिटमा कार्यत बुद्धिबहादुर घर्ती भुजेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले जानकारी दिए। असइ भुजलले एक युवकलाई लात्तीले हानेर निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले चितवन प्रहरीलाई छानबिन गर्न निर्देशन दिएको थियो। लगत्तै चितवन प्रहरीले अनुसन्धानका लागि छानबिन समिति गठन गरेको थियो।

चितवन प्रहरीले छानबिन गर्दा असइ भुजेल दोषी ठहर गरेपछि उनलाई निलम्बन गरिएको हो। राति गस्तीमा गएको बेला ती युवासँग प्रहरीको सामान्य भनाभन भएको थियो। सोही क्रममा ती युवकले कसैलाई फोन गर्न लागेपछि भुजेलले पावर देखाएको भन्दै उनलाई निर्घात कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ।

कुटाइखाने व्यक्ति भरतपुरकै भोजाडतिरका भएको प्रारम्भिक सूचना छ । ती व्यक्तिलाई खोज्ने काम भइरहेको चितवन प्रहरी प्रमुख मिश्रले बताए ।

उक्त घटना गत पुस १५ गतेको रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्