विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजना तथा स्टेप अप परियोजना आसमान नेपालको सहकार्यमा साना तथा मझौला व्यवसायीहरूको व्यापार प्रवद्र्धन तथा श्रम संसार वेभ पोर्टल सम्बन्धी कार्यशाला गोष्ठीको आयोजना गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश कार्यसमिति सदस्य राजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुलुकको आर्थिक एवं सामाजिक विकासमा लघु, घरेलु तथा साना उद्योग व्यवसायले टेवा पु¥याएको बताउँदै यी व्यवसायहरूले न्यूनतम श्रोत साधनमा नयाँ नयाँ रोजगारीका अवसरहरूको सिर्जना गरी अर्थतन्त्रको विकासमा योगदान पु¥याए पनि व्यवसायीहरूको व्यवसाय विकास अपेक्षित रूपमा हुन नसकेको बताउनुभयो ।
कार्यक्रमलाई इक्यान कोशी प्रदेशका पूर्व अध्यक्ष चार्टड एकाउन्टेन्ट मनोज अधिकारीले व्यापार प्रवर्धन, विद्यमान कर तथा कर नीति सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त कार्यपत्रमा नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष चेतन निरौला, मासु व्यवसायी महासंघका सुभाष चन्द्र शिवाकोटी , विराट बायोटेक सञ्चालक ढुन्डीराज ढकाल, ग्रिन यार्ड एग्रो फार्म सञ्चालक गिरिराज बस्नेत, ढाका उद्योगी चन्द्रकला राई, महिला उद्यमी अमृता भण्डारी, सुनिता छराहाङले व्यवसाय प्रवर्धन र कर सम्बन्धी विषयमा आफूले भोगेका समस्याहरू राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरूलाई महासंघ कोशीले सञ्चालनमा ल्याएको व्यवसायिक विकास सेवा बारेमा जानकारी गराइएको थियो । स्टेप अप परियोजनाको तर्फबाट युवराज बास्तोलाले श्रमसंसार वेभ पोर्टल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नु भएको भने आसमान नेपाल परियोजना संयोजक गणेश दाहालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा साना तथा मझौला उद्योगी व्यवसायीहरू गरि करिब ४५ जनाको सहभागिता रहेको थियो ।