विराट एक्स्पोमा नेपाली कफीको स्वाद नि:शुल्क चाख्न पाईने

<span class='c1'>विराट एक्स्पोमा नेपाली कफीको</span> <span class='c2'>स्वाद नि:शुल्क चाख्न पाईने</span>

विराटनगर । नेपालमा कुन कुन जात र कस्तो गुणस्तरको कफी उत्पादन भईरहेको छ । स्वदेशी उत्पादनको मूल्य कति पर्छ अनि त्यसको स्वाद कस्तो होला ? यसबारे जानकारी लिन र नि:शुल्क स्वाद चाख्ने व्यवस्था विराट एक्स्पोले गर्ने भएको छ ।

माघ ११ गतेदेखि विराटनगरको डिग्री क्याम्पस परिसरमा सुरू हुने आठौ संस्करणको विराट एक्स्पोमा मुलुक भरीका कफी उत्पादक तथा व्यवसायीहरूलाई एकै ठाउँमा भेला गर्ने तयारी छ ।

उद्योग संगठन मोरङको आयोजनामा हुने एक्स्पोले नेपाली कफीको स्वाद चखाउन र आन्तरिक बजार प्रवर्द्धन गर्न 'ओपन लाटे आर्ट एण्ड डुइनिङ कम्पिडिसन' का साथै पब्लिक कपिङ पेभिलियनको व्यवस्था गरिएका छ । त्यो पेभिलियनमा मुलुकभरीका कफी व्यवसायीहरूले मेशिन र हातबाट कफीमा कला प्रदर्शनी गर्ने छन् । त्यसको सहजीकरणका लागि सात वर्षदेखि नेपाली कफीको प्रबर्द्धनको काम गर्दै आएका ओयकप कफीका सस्थापक सञ्चालक अभिनायक मल्ल पेभिलियनमा रहने छन् ।

विदेशी उत्पादनको तुलनामा नेपाली कफीको गुणस्तर र स्वाद अब्बल छ । तर प्रचार प्रसारको अभावमा स्वदेशी बजार विदेशी कफीले ओगटेको छ । मल्लले भने कोशी प्रदेशका कफी पारखीलाई एक्स्पोमा नेपाली कफीको गुणस्तरको जानकारी दिंदै नि:शुल्क रूपमा स्वादपनि चखाइने छ । एक्स्पोमा मुलुकभरीका ५० भन्दा बढी कफी उत्पादक तथा व्यवसायी आ-आफनो ठाउमा उत्पादन र प्रशोधन भएको कफी लिएर आउने उद्योग संगठनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्