नेकपा एस छोडेर कांग्रेसमै फर्किए हंसराज वाग्ले

<span class='c1'>नेकपा एस छोडेर कांग्रेसमै</span> <span class='c2'>फर्किए हंसराज वाग्ले</span>

विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका ओखलढुंगा जिल्ला अध्यक्ष हंसराज वाग्लेले पार्टी परित्याग गरेका छन् ।

आज(बिहीबार) उनी एकीकृत समाजवादी त्याग्दै नेपाली कांग्रेसमै फर्किएका हुन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई बुढानीलकण्ठमा माला लगाएर पार्टीमा स्वागत गरेका छन् । वाग्ले समाजवादीमा जानु पहिले नेपाली कांग्रेसकै जिल्ला सदस्य थिए । तर समाजवादीमा प्रवेश गरेपछि उनी ओखलढुंगाको जिल्ला अध्यक्ष तथा कोशी प्रदेश कमिटी सदस्य समेत थिए ।

समाजवादी खेलकुद महासंघको कोशी प्रदेश कमिटी संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्को कोशी प्रदेशको निवर्तमान सदस्य सचिवसमेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्