चिसो बढेपछि धनुषाका सामुदायिक विद्यालयहरु बन्द

<span class='c1'>चिसो बढेपछि धनुषाका</span> <span class='c2'>सामुदायिक विद्यालयहरु बन्द</span>

धनुषा । केहि दिनदेखि तराई क्षेत्रमा बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै धनुषाका विभिन्न पालिकाका सामुदायिक विद्यालयहरु बन्द भएका छन् ।

धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका सामुदायिक विद्यालयहरु तीन दिनसम्मका लागि बन्द गरिएको छ ।

विपद् व्यवस्थापन समितिको बैठकले जनकपुरधाम उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु माघ ११ गतेदेखि १३ गतेसम्म दुई दिन जाडो बिदा दिने निर्णय गरेको छ । उपमहानगरका शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै विद्यालय बन्द गर्ने जानकारी गराएका हुन् । दुई दिनको जाडो बिदा शैक्षिक क्यालेण्डरमा उल्लेखित वर्षे बिदावाट कट्टा गर्ने व्यवस्था मिलाइएको उनले जनाएका छन् ।

अत्यधिक जाडोको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै माघ ११ गते शुक्रबारदेखि १३ गते आइतबारसम्म जम्मा २ दिन वर्षे बिदाबाट कट्टा हुने गरी उपमहानगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा प्रशासनिक कार्यवाहेक पठन–पाठन बन्द रहने जनाइएको छ ।

त्यस्तै, धनुषाकै सबैला नगरपालिकाले पनि वर्षे विदाबाट कट्टा हुने गरी १५ गतेसम्मका लागि विद्यालयहरुमा विदा दिएको छ । यता धनुषाधाम नगरपालिकाले पनि चिसो मौसम र शीतलहरका कारण विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने नकारात्मक प्रभावलाई मध्यनजर गर्दै १३ गते सम्मका लागि विद्यालयहरुमा विदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्