आज पनि सकिएन रविको थुनछेक बहस

<span class='c1'>आज पनि सकिएन</span> <span class='c2'>रविको थुनछेक बहस</span>

भैरहवा (रुपन्देही) । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत रुपन्देहीमा दर्ता भएको सहकारी अपचलन र सङ्गठित अपराध मुद्दाको थुनछेक बहस आज पनि सकिएन ।

बिहीबार बिहानदेखि सुरु भएको थुनछेक बहस आज पनि नसकिएपछि आइतबार १०ः३० बजे उपस्थित हुनेगरी लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मामा पठाइएको जिल्ला अदालतका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताउनुभयो ।

बुधबार अदालतमा हाजिर हुनुभएका लामिछानेको बयान सकिएपछि परिवार र कानुन व्यवसायीको जिम्मामा छाडिएको थियो । आज भएको बहसमा वादीका तर्फबाट तीन र प्रतिवादीका तर्फबाट तीन कानुन व्यवसायीले बहस गर्नुभएको ज्ञवालीले बताउनुभयो । ज्ञवालीले आइतबार बहस सकिएमा थुनछेकको आदेश आउन सक्ने बताउनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्