आठौं संस्करणको विराट एक्स्पोमा जेनेस सलुशन सहभागी हुने

<span class='c1'>आठौं संस्करणको विराट एक्स्पोमा</span> <span class='c2'>जेनेस सलुशन सहभागी हुने</span>

विराटनगर । विराटनगरमा जारी आठौं संस्करणको विराट एक्स्पो -२०२५ मा बेलायतमा मुख्यालय रहेको सूचनाप्रविधि सम्बन्धी कम्पनी जेनेस सलुशन पनि सहभागी हुने भएका छन्।

उक्त एक्स्पोमा जेनेस सलुशनका प्रमुख कार्यकारी अधिकृत अञ्जनी फुयाँलले कोशी प्रदेशको आर्थिक तथा प्राविधिक समृद्धिको लागि "डिजिटल कोशी: परिकल्पनादेखि यथार्थसम्म" विषयमा माघ १५ गते आफ्नो प्रस्तुति दिनेछन्। उनले कोशी प्रदेशमा प्रशासन संयन्त्र तथा औद्योगिक क्षेत्रमा डिजिटल प्रविधिको रुपान्तरणकारी भूमिकाको बारेमा आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने छन्। उनले डिजिटल रुपान्तरणमा जाँदा व्यहोर्नु पर्ने चुनौती तथा अवसरहरु एवं यो परिकल्पनालाई यथार्थमा बदल्न लागू गर्न सकिने रणनीति तथा साझेदारी मोडेलहरुका बारेमा पनि प्रस्तुति दिनेछन्।

उद्योग संगठन मोरङ्गद्वारा ' डिजिटल कोशी: ब्रिजिंग इनोभेशन एण्ड इन्भेस्टमेन्ट' मूल नाराका साथ उक्त विराटनगर-१४ स्थित डिग्री क्याम्पसको मैदानमा जारी रहेको छ । नेपालकै पुरानो औद्योगिक क्षेत्र रहेको कोशी प्रदेशलाई सूचना तथा प्रविधिमा आधारित 'ज्ञान अर्थतन्त्र' तर्फ डोर्याउने उद्देश्यले उक्त एक्स्पो आयोजना गरिएको आयोजकले जनाएका छन्।

जेनेस सलुशन सूचना प्रविधि सम्बन्धी गुणात्मक सेवा प्रदायक परामर्शदाता कम्पनी हो। युकेमा मुख्यालय रहेको जेनेस सलुशनले व्यवसायहरुलाई सूचना प्रविधि सम्बन्धी परामर्श दिनुका साथै रुपान्तरणकारी 'डिजिटल इकोसिस्टम' तयार गरेर तिनका प्राविधिक लक्ष प्राप्त गर्न पनि सघाउँछ। जेनेस सलुशनको नेपाल, बंगलादेश, फिनल्याण्ड, अमेरिका, नाइजेरिया लगायत १० ओटा मुलुकहरुमा कार्यालय छन्।

माघ १२ गतेदेखि सुरु भएको एक्स्पो माघ २० गतेसम्म चल्नेछ । एक्स्पोमा बजार प्रवर्धनकै लागि मेरो देश मेरै उत्पादन, विजनेश क्लिनिक, क्यूसेफ, जबब्रिज, उद्योग दर्ता प्रकृया तथा स्टेपवाई स्टेप प्रकृया, कानुन ऐन, संघ प्रदेश र स्थानीय तहका करका दर तथा आर्थिक ऐन, वैैदेशिक लगानीको प्रक्रियालगायत उद्योग व्यवसायसँग सम्बन्धित सबै सूचनाहरु भएको एकीकृत सूचना प्रणाली, स्टार्टअप तथा इनोभेशन कार्यक्रम, इनर्जी ईफिसियन्सी कार्यक्रम, इण्डष्ट्रिज एकेडेमियालगायत संगठनका कार्यक्रमहरुको डिजिटलाइजेशन भर्सनसहितको स्टल छन् ।

बिहान १० बजेदेखि राती ८ बजेसम्म विराट एक्स्पो सञ्चालनमा रहनेछ । बिहान १० बजेदेखि ३ः३० बजेसम्म १०० रुपैयाँ र ४ बजेदेखि राती ८ बजेसम्म २०० रुपैयाँ प्रवेश शुल्क कायम गरिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्