राप्रपाको राजतन्त्र र हिन्दु राज्यसहितको राजनीतिक कार्यपत्र पारित

<span class='c1'>राप्रपाको राजतन्त्र र हिन्दु</span> <span class='c2'>राज्यसहितको राजनीतिक कार्यपत्र पारित</span>

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले आशन्न महाधिवेशनबाट राजतन्त्र र हिन्दु राज्य नीति अनुमोदन गर्ने भएको छ। पार्टीको एकता महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक कार्यपत्रमा सो प्रस्ताव समेटिएको महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक तथा महामन्त्री राजेन्द्र लिङ्देनले जानकारी दिए। राप्रपाको एकता महाधिवेशन यही फागुन ६ देखि ९ सम्म राजधानीमा हुँदैछ।

एकता महाधिवेशनबारे जानकारी दिन प्रचारप्रसार विभागले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक लिङ्देनले भने, 'तीन दिन चलेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राजतन्त्र र हिन्दु राज्यसहितको राजनीतिक कार्यपत्र पारित गरेको छ। महाधिवेशनबाट सो नीति अनुमोदन हुन्छ।'

संविधानमा संघीयता कायम भएकाले बाध्यतावश स्विकार्नुपरेको उनले बताए। पार्टीको मस्यौदा विधान, आर्थिक तथा वैचारिक कार्यपत्रसमेत बैठकले पारित गरेको लिङ्देनले जानकारी दिए।

महाधिवेशनमा देशभरबाट ३ हजार ४ सय ७० महाधिवेशन प्रतिनिधिको सहभागिता रहने उनले बताए। पार्टीलाई समावेशी बनाउन ६ सय ४४ महिला, ३ सय १५ दलित, अल्पसंख्यक, मुस्लिम, आदिवासी जनजाति, अबलांगलगायतबाट ३ सय १५ जना प्रतिनिधि अनिवार्य गरिएको छ।

भृकुटीमण्डपमा फागुन ६ गते उद्घाटन सत्रमा एक लाखभन्दा बढी सहभागी उतार्ने पार्टीको दाबी छ। उद्घाटनअघि काठमाडौंका विभिन्न ५४ स्थानबाट जुलुस निकाल्ने तयारी राप्रपाको छ। महाधिवेशनमा ७ सयभन्दा बढी स्वयंसेवक परिचालन र तीन तहको सुरक्षा व्यवस्था गरिने राप्रपाले जनाएको छ।

संयोजक लिङ्देनले महाधिवेशन 'हाइटेक' हुने बताए। 'महाधिवेशन स्थलवरपर डिजिटल डिस्प्ले बोर्ड राखिनेछ, युट्युब र फेसबुकबाट पनि लाइभ गर्ने तयारी गरेका छौँ,' उनले भने, 'नेतृत्व चयनका लागि नेपालमै बनेको विद्युतीय भोटिङ मेसिन प्रयोग गर्नेछौँ।'

-नागरिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्