प्रेस सेन्टरको स्थापना दिवसमा विराटेश्वर वृद्धा आश्रममा फलफूल वितरण

<span class='c1'>प्रेस सेन्टरको स्थापना दिवसमा विराटेश्वर</span> <span class='c2'>वृद्धा आश्रममा फलफूल वितरण</span>

विराटनगर । प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसर पारेर ज्येष्ठ नागरिकहरुलाई फलफूल र स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

प्रेस सेन्टर नेपाल मोरङले मंगलबार स्थापना दिवसमा विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धा आश्रममा फलफूल र स्वास्थ्य सामाग्री वितरण गरेको हो ।

आश्रममा रहेका ६५ जना ज्येष्ठ नागरिकहरुलाई फलफूल र स्वास्थ्य सामाग्रि वितरण गरिएको प्रेस सेन्टर नेपाल मोरङका सचिव अनिल श्रेष्ठले जानकारी दिए । आश्रममा २९ जना महिला र ३६ जना पुरुष ज्येष्ठ नागरिक रहेका छन् । आश्रममा रहेका ज्येष्ठ नागरिकहरुलाई आवश्यक पर्ने प्राथामिकता उपचार र दिर्घरोगीका ज्येष्ठ नागरिकसले सेवन गर्ने औषधी पनि वितरण गरिएको छ । फलफूल र स्वास्थ्य सामाग्री प्रेस सेन्टर नेपाल मोरङका अध्यक्ष नविन कर्ण, उपाध्यक्ष श्रीमन्त भट्टराई र कोषाध्यक्ष प्रेम देवानले विराटेश्वर वृद्धा आश्रमका अध्यक्ष जगतप्रसाद आर्याललाई हस्तान्तरण गरे ।

फलफूल र स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा प्रेस सेन्टर नेपाल प्रदेश १ का निर्वतमान अध्यक्ष विनोद घिमिरे, सेन्टरका उपाध्यक्ष सुजता लिम्बु, महासचिव गोकुल पराजुली, प्रदेशका सदस्यहरु हरी अधिकारी, प्रेस सेन्टर मोरङका निर्वतमान अध्यक्ष अर्जुन आचार्यलगायत कार्यसमितिहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्