विराटनगरमा अब स्केटिङको मजा : सञ्चालनमा आयो ‘विराट स्केट जोन'(भिडियोसहित)

<span class='c1'>विराटनगरमा अब स्केटिङको मजा :</span> <span class='c2'>सञ्चालनमा आयो ‘विराट स्केट जोन'(भिडियोसहित)</span>

विराटनगर । विराटनगरका युवा तथा बालबालिकाहरूका लागि नयाँ मनोरञ्जनको विकल्प थपिएको छ । विराटनगर-३ कन्चनबारीस्थित धिताल पेट्रोल पम्पको अगाडि 'विराट स्केट जोन' सञ्चालनमा आएको हो । स्थानीय व्यवसायी योग पोखरेलको लगानीमा यो नवीन खेल केन्द्र स्थापना गरेका हुन् ।

डिजिटल युगमा बालबालिकाहरू मोबाइल र स्क्रिनमा बढी समय बिताउने चलन बढ्दै गएको चिन्ता व्यक्त गर्दै सञ्चालक पोखरेलले भने, "हाम्रो मुख्य उद्देश्य बालबालिकालाई शारीरिक गतिविधि र खेलकुदतर्फ आकर्षित गर्नु हो ।"

विशेष सुरक्षा व्यवस्थाका साथ सञ्चालन गरिएको यस केन्द्रमा अनुभवी प्रशिक्षकहरूको टोली रहेको छ । सम्भावित दुर्घटनाबाट बच्न हेल्मेट, नी प्याड, एल्बो गार्ड लगायतका सुरक्षा उपकरणहरूको प्रयोग अनिवार्य गरिएको छ ।

उद्घाटन विशेष अफरका रूपमा माघ महिनाभर स्केटिङका लागि २ घण्टाको २०० रुपैयाँको विशेष प्याकेज उपलब्ध गराइएको छ । साथै, १४ वर्षमुनिका बालबालिकाहरूका लागि ५० प्रतिशत छुटको आकर्षक योजना ल्याइएको छ । आगामी दिनमा आइस स्केटिङको सुविधा पनि थप गर्ने योजना रहेको सञ्चालक पोखरेलले बताए ।

विराटनगरमा पहिलो पटक स्थापना भएको यस स्केट जोनले शहरका युवा तथा बालबालिकामा नयाँ उत्साह ल्याएको छ । यसले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । स्केटिङ जस्तो आधुनिक खेलको माध्यमबाट बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिएको छ ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्