विराटनगरमा श्रीजा अटोमोबाइल्सको एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प सुरु

<span class='c1'>विराटनगरमा श्रीजा अटोमोबाइल्सको एक्सचेन्ज एण्ड</span> <span class='c2'>टेस्ट ड्राइभ क्याम्प सुरु</span>

विराटनगर । विराटनगरको श्रीजा अटोमोबाइल्सले आज (बुधबार)देखि एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प सुरु भएको छ ।

साङ्ग्रिला मोटर्सको अधिकृत वितरक श्रीजा अटोमोबाइल्सले माघ १६ गतेदेखि माघ १९ गतेसम्म विशेष अफरसहित विराटनगरमा कञ्चनजङ्घा बैंक्वेट, गोग्राह चोकमा एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प सुरु भएको हो ।

उक्त क्याम्पमा ग्राहकहरूले लिपमोटर सी १० र सिट्रोन ई. सी ३ जस्ता अत्याधुनिक विद्युतीय सवारी साधनको अनुभवका साथै उत्कृष्ट एक्सचेन्ज अफर र वित्तीय सम्झौताहरू पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार लिपमोटर सि १० नयाँ पुस्ताले रुचाएको विद्युतीय सवारी साधन हो । जसको स्लीक डिजाइन र शक्तिशाली प्रदर्शनले उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । जसमा स्मार्ट प्रविधिको सुविधाहरू समेत रहेका छन् ।

यस्तै, सिट्रोन ई. सी ३ उच्चतम् प्रविधिको प्रयोग गरेर विकास गरिएको छ । जसले कार्यकुशलता, स्टाइल र आरामलाई एक समर्पित विद्युतीय सवारी साधनमा एकत्रित गरेको छ । जुन आधुनिक चालकहरूको लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ।
यी दुवै सवारी साधनहरूले स्वच्छ र दिगो यातायातको भविष्यलाई प्रस्तुत गर्छन्, जसले ग्राहकहरूलाई वातावरणमैत्री र दिगो यात्रा गर्नको लागि अवसर प्रदान गर्दछ।

कार्यक्रमका आगन्तुकहरूलाई विद्युतीय सवारी साधनहरू टेस्ट ड्राइभ गर्न र विशेष छुट जस्ता अवसरहरू प्राप्त हुनेछन्, साथै निःशुल्क ७ किलोवाटको चार्जर पनि प्राप्त गर्न सक्नेछन् । यस क्याम्पबाट विराटनगर लगायत कोशी प्रदेशका ग्राहकहरूले विद्युतीय सवारी साधनहरूको नवीनतम् प्रविधि सगँ साक्षात्कार गर्ने र बजारमा उपलब्ध सबैभन्दा राम्रो अफररूको फाइदा उठाउने अवसर प्राप्त गर्नेछन् ।

श्रीजा अटोमोबाइल्स एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प सवारी साधनलाई अपग्रेड गर्ने र दिगो ड्राइभिङको भविष्यतर्फ लाग्ने उत्तम अवसर समेत रहेको आयोजकले जनाएको छ ।

साङ्ग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेसनको सदस्य हो । अटो मोबाइल उद्योगमा विश्वासिलो नामका रूपमा, श्रीजा अटोमोबाइल्सले ग्राहकका आवश्यकताहरूलाई सम्बोधन गर्ने सवारी साधनहरू उपलब्ध गराउँदै आएको छ । साथै, टेस्ट ड्राइभ बुक गर्नको लागि कम्पनीमा सम्पर्क गर्न सकिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्