सुन्दरहरैँचामा अन्तराष्ट्रिय आमन्त्रण भेट्रान गोल्डकप हुने

<span class='c1'>सुन्दरहरैँचामा अन्तराष्ट्रिय आमन्त्रण</span> <span class='c2'>भेट्रान गोल्डकप हुने</span>

मणिराम दाहाल
सुन्दरहरैँचा । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित विराटचाेकमा चौथाै अन्तराष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप २०८१ सञ्चालन हुने भएको छ।

विराट भेट्रान क्लबद्वारा आयाेजित प्रतियाेगिता माघ १९ देखि २६ गते सम्म नगरकाे सुकुना खेल मैदानमा हुने आयाेजकले पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । प्रतियाेगितामा नेपालका आठ  तथा भारतका दुई गरि दश भेट्रान टाेलीकाे सहभागिता रहने खेल संयाेजक युवेन गुरूङले जानकारी दिए। उनले प्रतियाेगिताका लागि १० लाख ७० हजार अनुमानित खर्च लाग्ने उल्लेख गरे ।

 चाैथाे अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपमा प्रथम पुरस्कार  रू १ लाख १ हजार १ सय ११ तथा दाेस्रो हुनेले ५० हजार ५ सय ५५ तथा विभिन्न विधागत पुरस्कार ट्रफि र मेडल रहेको आयाेजक क्लबका अध्यक्ष दीपक भण्डारीले जानकारी दिए । उनले सहभागी खेलाडीकाे उमेर कम्तिमा ४० वर्ष हुनु पर्ने उल्लेख गरे ।

   गाेल्डकप प्रतियाेगितामा एन.आर .सि भेट्रान सिक्किम (भारत) , दुधे भेट्रान झापा , मिल्स भेट्रान विराटनगर , हाम्रो धरान भेट्रान सुनसरी , विराट भेट्रान आयाेजककाे सहभागिता रहने बताइएकाे छ । साथै उर्लाबारी भेट्रान, घुम दार्जिलिङ भारत , राजारानी भेट्रान धनकुटा तथा पूर्वेली भेट्रान बिर्तामोड झापा लगायत गोल्डकपकाे खेल मैदानमा  प्रतिष्पर्दा गर्ने उल्लेख गरिएको छ ।

   प्रतियाेगिताकाे मुख्य सहयाेगी सुन्दरहरैँचा नगरपालिका तथा मुख्य प्रायाेजक स्वदेशी उत्पादन पीएलओ लुब्रिकेंट तथा जिल्ला फुटबल संघ मोरङ सहयाेगकर्ता रहेको छ । अन्तर्राष्ट्रिय आमन्त्रण बिराट भेट्रान  गोल्डकपले अनुभवी खेलाडीहरूलाई खेलप्रति आफ्नो जोश देखाउन तथा नयाँ पुस्तालाई प्रेरणा दिन मौका दिने सुन्दरहरैँचा नगरपालिकाका नगर प्रवक्ता राेशनप्रसाद ढकालले जानकारी दिए । नगर प्रवक्ता ढकालले भने 'यसले खेलकुदलाई माध्यम बनाएर अन्तर्राष्ट्रिय सम्बन्धका साथै समुदायको सह‌भागिता प्रवर्द्धन गर्न मद्दत पुऱ्याउँछ। '

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्