डा.ओम फाउण्डेसनले २० लाखको छात्रवृत्ति प्रदान गर्ने

<span class='c1'>डा.ओम फाउण्डेसनले २० लाखको</span> <span class='c2'>छात्रवृत्ति प्रदान गर्ने</span>

काठमाडौँ । डा ओम फाउन्डेसनले सरकारी विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा ९ सम्मका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा स्थापित उक्त फाउन्डेसनले न्यून आय भएका तथा जेहेन्दार विद्यार्थीको शैक्षिक विकासका निम्ति छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

बुधबार पत्रकार सम्मेलन गरी फाउन्डेसनका संस्थापक डा ओम मूर्तिले देशव्यापी छात्रवृत्ति कार्यक्रम सञ्चालन भएको घोषणा गर्नुभयो । फाउन्डेसनले यस वर्ष छात्रवृत्ति कार्यक्रमका लागि २० लाख रुपैयाँ रकम छुट्टाएको छ । डा ओम मूर्ति अनिलद्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’को बिक्रीबाट प्राप्त रकमले उक्त छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

देशभरीका विद्यार्थीहरूले माघ १६ गतेदेखि फागुन ४ गतेभित्र छात्रवृत्तिका लागि सरकारी विद्यालयमा अध्ययरत, कक्षा ६ देखि कक्षा ९ सम्मका, न्यून आय भएका र जेहेन्दार विद्यार्थीले आवेदन दिन सक्नेछन् । आवेदनसहित विद्यार्थीको अघिल्लो कक्षा र चालू शैक्षिक सत्रका ग्रेडसिट, परिचयपत्र, विद्यार्थीको शैक्षिकस्तर र अभिभावकको आर्थिक अवस्थासम्बन्धी सिफारिसलगायतका कागजपत्र समावेश गर्नुपर्ने छ ।

पहिलो चरणमा छात्रवृत्ति कार्यक्रमका लागि फाउन्डेसन आफैंले रकम व्यवस्थापन गरिसकेको छ । अर्को चरणमा अन्य कुनै व्यक्ति वा संस्थाले फाउन्डेसनमार्फत् थप विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने इच्छा व्यक्त गरेमा त्यसका निम्ति सहजीकरण गरिदिने फाउन्डेसनले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्