विराटनगर । विराटनगर – १ मा रहेको डनबस्को स्कुलमा विज्ञान प्रर्दशनी आयोजना गरिएको छ । स्कुल परिसरमा एक कार्यक्रम आयोजना गरी विज्ञान प्रर्दशनी गरिएको हो ।
विज्ञान प्रर्दशनीको उद्घाटन विराटनगर १ का कार्यवहाक वडा अध्यक्ष लक्ष्मी राईले गरिन् । प्रर्दशनीमा डानबस्को स्कुलको नर्सरीदेखि कक्षा १० सम्म करिब ४ सय बढी विद्यार्थीहरुले भाग लिएको कार्यक्रम संयोजक करन केसीले जानकारी दिए ।
विद्यार्थीहरुले वाटर पियुरिफाइ, हाइड्रोजन ग्यास, सेक्युरिटी सिटम लगायतका एक दर्जन बढी विद्यार्थीहरुले बनाएको सामाग्रीहरु प्रर्दशनीमा राखिएको थियो । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले विद्यालयले प्रर्दशनी गरिएको स्कुलका प्रिन्सिपल फादर अजय प्रधानले जानकारी दिए । गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले विज्ञान प्रर्दशनी गरिएको उनले बताए । विद्यार्थीहरुले गरेको विज्ञान प्रदर्शनीमा शिक्षक, शिक्षिका अभिभावक तथा अन्य स्कुलका विद्यार्थीहरुले समेत अवलोकन गरेका थिए ।