विराटनगरको नेपाल बिजनेस कलेजका विद्यार्थीद्वारा बृद्धाश्रममा स्वास्थ्य शिविर सञ्चालन

<span class='c1'>विराटनगरको नेपाल बिजनेस कलेजका विद्यार्थीद्वारा</span> <span class='c2'>बृद्धाश्रममा स्वास्थ्य शिविर सञ्चालन</span>

विराटनगर । नेपाल बिजनेस कलेजका बिबिए आठौं सेमेस्टरका विद्यार्थीहरूले विराट टिचिङ हस्पिटलको सहकार्यमा बिराटेश्वर बृद्धाश्रममा स्वास्थ्य शिविर सञ्चालन गरेका छन्।

यी विद्यार्थीहरूले सातौं सेमेस्टरमा इभेन्ट म्यानेजमेन्ट विषय अन्तर्गत २० अंकको आन्तरिक मूल्यांकनका लागि प्रख्यात गायक-गायिका उदय सोताङ्ग र मनिला सोताङ्गको प्रस्तुतिमा 'कपल विथ क्यान्डल नाइट' सांगीतिक कार्यक्रम आयोजना गरेका थिए। बिराट टिचिङ् हस्पिटल उक्त कार्यक्रमको मुख्य प्रायोजक रहेको थियो।

सो कार्यक्रमबाट उठेको रकम बिराटेश्वर बृद्धाश्रमलाई आर्थिक सहयोग गर्ने र बिराट टिचिङ् हस्पिटलको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गर्ने सहमति अनुरूप शिविर आयोजना गरिएको हो। शिविरमा बृद्धाश्रममा बस्ने सम्पूर्ण बृद्ध-बृद्धाहरूको विशेषज्ञ चिकित्सकद्वारा आँखा, स्त्री रोग, जनरल चेकअप र मानसिक स्वास्थ्य परीक्षण गरिएको थियो।

बृद्धाश्रमका संस्थापक जगत अर्यालका अनुसार कार्यक्रम प्रभावकारी रहेको थियो। कलेजकी बिबिए कार्यक्रम संयोजक पिंकी शर्माले पनि कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्