कोशी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दोको उपाधि सुनसरीलाई

<span class='c1'>कोशी प्रदेशस्तरीय आईटीएफ</span> <span class='c2'>तेक्वान्दोको उपाधि सुनसरीलाई</span>

विराटनगर । विराटनगरमा भएको कोशी प्रदेशस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिताको उपाधि सुनसरी जिल्लाले जितेको छ ।

कोशी खेलकुद विकास बोर्डको संयोजनमा कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा ९ स्वर्ण, २ रजत र २ कास्य पदकसहित सुनसरी प्रथम हुँदै उपाधि जितेको हो ।

त्यस्तै मोरङले ६ स्वर्ण, ३ रजत, ५ कास्य पदक जित्दै द्वितीय र झापाले ४ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ तृतीय स्थान भएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ मोरङका मञ्जित राजवंशी र महिलातर्फ सुनसरीकी एलिजा राई भए ।

प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम), बोर्डकी सदस्य थलु राजभण्डारी, विराटनगर महानगरपालिका ४ का वडाध्यक्ष जितेन थापा, मोरङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुरज श्रेष्ठ, कोशी प्रदेश आईटीएफ तेक्वान्दो संघका संस्थापक अध्यक्ष तथा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की, संघका उपाध्यक्षद्वय प्रभुनारायण शिवाकोटी र चतुरलाल चौधरीलगायतले पुरस्कार प्रदान गरे ।

शनिबार र आइतबार भएको प्रदेश स्तरीय प्रतियोगितामा एकल पुरुष/महिला प्याटन र एकल पुरुष / महिला स्पायरिङका इभेन्टमा मोरङ, सुनसरी, झापा, इलाम पाँचथर, ताप्लेजुङ, भोजपुर, उदयपुर र आयोजक टिमका विभिन्न उमेर समूहका र विभिन्न बेल्टका १ सय १७ जना खेलाडीसहित प्रशिक्षक र टिम व्यवस्थापक गरी १३५ जनाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्